१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

एन्फाले पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने

एन्फाले पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने
अ अ+ अ-

काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने भएको छ ।

आज बसेको बैठकले प्रतियोगिताका लागि सङ्घको विधानअनुसार क्लबका साथै इच्छुक सबै ए डिभिजन क्लबलाई टोली दर्ता गर्न खुला गर्ने निर्णय गरेको एन्फाका महासचिव किरण राईले जानकारी दिनुभयो ।

प्रतियोगिता सम्पन्न भएको एक महिनाभित्र ए डिभिजन लिग आयोजना गरिने पनि उहाँले बताउनुभयो । बैठकले राष्ट्रिय लिगको आगामी एक वर्ष र सहिद स्मारक ए डिभिजन लिगको आगामी पाँच वर्षका लागि ‘मार्केटिङ’, ‘टिकेटिङ’, ‘ब्रोडकास्टिङ’, डिजिटल अधिकारको बोलपत्र आह्वान गर्ने निर्णय गरेको छ ।

बोलपत्रका लागि राष्ट्रिय लिगको सात दिने र सहिद स्मारक ए डिभिजन लिगको लागि १५ दिने सूचना जारी गर्ने निर्णयसमेत गरिएको एन्फाले जनाएको छ ।

फिफा फरवार्ड कार्यक्रमअन्तर्गत धुलिखेल, धनगढीमा नयाँ क्रिकेट घाँसे मैदान निर्माण गर्न र एन्फा कम्प्लेक्स सातदोबाटोको कृत्रिम घाँसे मैदान परिवर्तन गर्न फिफाबाट छनोट भएकामध्ये ‘एडेल ग्रास’लाई छनोट गर्न प्रस्ताव गर्ने निर्णय पनि बैठकले गरेको महासचिव राईले बताउनुभयो । यस्तै, ‘एएफसी इक्वेल पिच’ कार्यक्रमअन्तर्गत दशरथ रङ्गशालामा ‘हाइब्रिड’ घाँसे मैदान राख्न प्रस्ताव पेस गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

बैठकबाट एएफसीको कार्यक्रमअन्तर्गत सिन्धुपाल्चोकको मैदानमा कार्यालयसहित प्यारापिट निर्माणलगायत अत्यावश्यक संरचना निर्माण गर्न जगदम्बा मोक्तान जेभीलाई रु एक करोड २६ लाख ४८ हजार ८१५ मा ठेक्का प्रदान गर्ने निर्णय गरिएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले प्रयोग गर्ने पोसाक तथा खेल सामग्री खरिद सम्झौता सम्बन्धित कम्पनीसँग अक्टोबर २१, २०२६ सम्म नवीकरण गरिएको छ भने अर्को वर्षदेखि एक वर्षको लागि बोलपत्र आह्वान गर्ने पनि भएको छ ।

यसैगरी साफ महिला यु–१९ प्रतियोगिता आगामी फागुन महिनामा पोखरामा आयोजना गर्ने र महिला फ्रेन्चाइज प्रतियोगिता आयोजना गर्ने निर्णय भएको छ । राष्ट्रिय महिला नकआउट प्रतियोगिता उदयपुरमा, सहिद स्मारक राष्ट्रिय महिला लिगका लागि झापा, मोरङ, मकवानपुर र सुनसरी जिल्लासँग समन्वय गरी स्थान तोकिने निर्णय गरिएको एन्फाले जनाएको छ ।

थाइल्याण्डमा आगामी जनवरीमा आयोजना हुने साफ महिला तथा पुरुष फुटसल प्रतियोगिताका लागि प्रत्येक टोलीलाई रु ७२ लाख ५६ हजार ३४५ दिने गरी अनुमानित बजेट रु एक करोड ४५ लाख १२ हजार ६९० अनुमोदन गर्ने निर्णयसमेत गरिएको महासचिव राईले बताउनुभयो ।रासस