१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रत्यन्तशील छ: मुख्यमन्त्री बानियाँ

नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रत्यन्तशील छ: मुख्यमन्त्री बानियाँ
फाइल फोटो
अ अ+ अ-

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताउनुभएको छ ।

बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयद्वारा आज यहाँ हेटौँडामा आयोजित ‘एक स्वस्थ्य सहर, एक स्थानीय तहमा एक नमूना स्वास्थ्य संस्था’ का लागि प्रदेश स्वास्थ्य सहजकर्तालगायतको पैरवी, समन्वय र अन्तरक्रिया कार्यक्रममा उहाँले नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर काम भइरहेको बताउनुभएको हो ।

मुख्यमन्त्री बानियाँले नागरिक स्वस्थ्य भए मात्र समाज र  राष्ट्र स्वस्थ्य हुने भन्दै स्वास्थ्य सेवालाई प्रभावकारी बढाउन प्रदेश सरकारले स्वास्थ्य नीति बनाएर काम गरिरहेको बताउनुभयो ।

प्रदेश सरकारले यहाँ ‘एक जिल्ला एक स्वस्थ्य सहर’ कार्यक्रम सञ्चालन गर्न लागेको छ । प्रदेश सरकारले स्वास्थ्य सेवा क्षेत्रलाई विशेष प्राथमिकता दिएर ‘एक जिल्ला एक स्वस्थ सहर’, ‘एक स्थानीय तह एक नमूना सहर’, ‘एक विद्यालय एक नर्स’ तथा स्वास्थ्य बिमालगायत कार्यक्रम अघि बढाएको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री बानियाँले गुणस्तरीय सेवामार्फत स्वस्थ्य प्रदेश बनाउन क्यान्सर, हृदयरोग तथा डायलासिस सेवालाई बिस्तार गरिएको उल्लेख गर्नुभयो ।

प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरले स्वास्थ्य क्षेत्रमा सुधार गर्न सर्ने र नसर्ने दुवै प्रकृतिका रोग नियन्त्रणका लागि ठोस योजना बनाएर काम भइरहेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाका पालिका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत तथा जनप्रतिनिधिको सहभागिता रहेको स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले जानकारी दिनुभयो । रासस