२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सी र आर्सनलले अंक बाँडे



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिग लिडर आर्सनल शहरी प्रतिद्वन्द्वी चेल्सीसँग बराबरीमा रोकिएको छ ।

गएराति भएको खेलमा दुबै टोलिले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा चेल्सीले ४८ औं मिनेटमा अग्रता लिएको थियो ।

ट्रेवोह चालोवाहले गोल गर्दै घरेलु टोलिलाई सुरुवाती अग्रता दिलाएका हुन् । उनले कर्नरबाट आएको बललाई हेडरमार्फत गोल गरे ।

३८ औं मिनेटमा मोइसेस काइसेडोले रातो कार्ड खाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो । ५९ औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दै आर्सनललाई १–१ को बराबरीमा ल्याए ।

त्यसपछि दुबै टोलिले गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेनन् र अंक बाँडे । यो नतिजापछि शीर्षस्थानको आर्सनलको १३ खेलबाट ३० अंक छ । दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँग आर्सनलको पाँच अंकको अग्रता छ । यता, चेल्सी २४ अंकका साथ तेस्रो स्थानमा छ ।