२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिलन पाण्डे रास्वपा–विवेकशील साझा एकीकरणमा सहभागी नहुने



अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग हुने एकीकरण प्रक्रियामा सहभागी नहुने घोषणा गरेका छन्।

उनले शुक्रबार सामाजिक सञ्जालमार्फत एकीकरणमा लागेका सबैलाई शुभकामना दिँदै आफू भने त्यस प्रक्रियामा नजुट्ने स्पष्ट पारेका हुन्।

पाण्डेले लेखेका छन्, “विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ। म यो एकीकरणमा सामेल छैन।”

उनका अनुसार अब केही समय राजनीतिक रूपमा ‘कुलिङ पिरियड’ लिएर नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्ने तयारी छ। “अब केही समय (केही दिन वा केही महिना) कुलिङ पिरियड लिन्छु। त्यसपछि नयाँ ढंगले राजनीतिक यात्रा सुरु गर्नेछु,” उनले लेखेका छन्। उनले आजदेखि आफू ‘स्वतन्त्र’ भएको र विवेकशील पनि ‘स्वतन्त्र’ बनेको उल्लेख गरेका छन्।

यता, आजै दिउँसो २ बजे राष्ट्रिय सभागृहमा रास्वपा र विवेकशील साझा पार्टीबीच एकीकरण घोषणा गर्ने कार्यक्रम तय भएको छ।

एकता घोषणासभा सुरु हुनु अघि नै पाण्डेले आफू उक्त प्रक्रियामा नजुट्ने जानकारी सार्वजनिक गरेका हुन्।