३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा र विवेकशीलबीच आइतबार एकता हुने



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवेकशील साझा पार्टीसँग आइतबार एकता गर्ने भएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले विवेकशील साझा पार्टीसँग एकता गर्ने प्रस्तावलाई सर्वसम्मत स्वीकार गर्दै एकीकरण गर्ने निर्णय गरेको हो ।

यस्तै, आइतवार राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभा’ आयोजना गर्ने निर्णय भएकोे प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठकले पनि यसअघि नै रास्वपासँग एकता गर्ने निर्णय गरिसकेको थियो ।

प्रवक्ता झाले भन्नुभयो, “हामी विवेकशीलसँग मात्र होइन असल शासन र समुन्नतिसँग सरोकार राख्ने सबै सुसंस्कृत एवं परिवर्तनकारी राजनीतिक शक्तिहरूसँग मुद्दागत र साङ्गठनिक सहकार्यमा छौँ । त्यहीअन्तर्गत विवेकशीलसँग एकता र आइतवार घोषणासभा गर्ने निर्णय भएको छ ।”

विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जाने निर्णय गरेको थियो । विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो । विसं २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो ।

रास्वपा भने विसं २०७९ असार ७ गते स्थापना भएको थियो । उक्त दलले प्रतिनिधिसभा निर्वाचन, २०७९ मा प्रत्यक्षतर्फ सात सिट जितेको थियो । रासस