१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले समय नदिएको भन्दै सिंहदरबार गेट अगाडि जेन–जी समूह प्रदर्शनमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापन पत्र बुझ्ने समय नदिएको भन्दै जेन–जी समूहले सिंहदरबार गेट अगाडि प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री कार्कीले जेन–जी पुस्ताको माग सम्बोधन नगरेको तथा भेट्न समेत नदिएको भन्दै मिराज ढुंगाना समूहले मंगलावार सिंहदरबार गेट अगाडि प्रदर्शन गरेको हो । सिंहदरबार प्रवेश गर्न खोज्दा ढुंगाना समूह र प्रहरीबीच धकेलाधकेल समेत भएको छ ।

प्रदर्शनपछि सञ्चारकर्मीसँग कुरा गर्दै ढुंगानाले वर्तमान सरकार जेन—जी पुस्ताको मागप्रति गम्भीर नभएको आरोप लगाउनुभएको छ । उहाँले आफूहरुले सुशासन मागेको भएपनि प्रधानमन्त्रीले जेन—जीका माग पूरा नगरी निर्वानको मात्र रटान लगाइरहेको आरोप समेत लगाउनु भयो ।

आफूहरुका माग पूरा नभएसम्म आन्दोलन नछोड्ने उहाँको चेतावनी छ । —न्युज एजेन्सी नेपाल