२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहरी विकास मन्त्रालयको ६१ अर्व ७६ करोड रुपैयाँ रकम रोक्काः सचिव सिग्देल



अ+ अ-

काठमाडौँ । शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल शहरी विकास मन्त्रालयको ६१ अर्ब ७६ करोड रुपैयाँ रकम रोक्का रहेको बताउनुभएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमवार बसेको बैठकमा उहाँले मन्त्री परिषद्को असोज ५ गतेको निर्णयले उक्त रकम रोक्का भएको जानकारी दिनुभएको हो । उहाँले मन्त्रालयमा कुल विनियोजित रकमको ९१ अर्ब ३४ करोड रुपैयाँमध्ये हालसम्म ३ अर्व २२ करोड रुपैयाँ मात्रै खर्च भएको बताउनु भयो ।

उहाँले मन्त्रालयको ठूलो रकम रोक्का रहेकोले मन्त्रालयका योजना निर्माण समस्या भएको बताउनु भयो । उहाँकाअनुसार २ हजार १४० वटा कार्यक्रम रोक्का रहेको छन् । असोज ५ अगावै वोलपत्र आह्वान भएको करिव ४४० वटा बोलपत्र पनि हाल रोक्का रहेको उहाँले जानकारी दिनुभयो । रोक्का रहेका योजनाको लागि फुकुवा गर्न अर्थमन्त्रालयमा आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भदौ २३ र २४ गतेको आन्दोलनका कारण देशभरका सर्वाजानिक तथा निजी क्षेत्रका २ हजार २ सय घर संरचनाहरु नष्ट भएको पनि जानकारी दिनुभयो । तीमध्ये १ हजार २ सयको हाराहारीमा सरकारी संरचनाहरु रहेका छन् । क्षतिग्रस्त करिव ६०० वटा भवनहरु संघीय सरकारको जिम्मा रहेका र तीमध्ये करिव २५० भवन डिटेल ईन्जिनियरिङ एसेसमेन्ट गरेर निर्माणमा लैजानुपर्ने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । हाल २०० भवनमा अध्ययन प्रक्रिया अगाडी बढाएको उहाँको भनाई छ । दुई महिनाभित्र डिजाईन र लागत अनुमानसहितको परामर्शदाताबाट रिपोर्ट प्राप्त हुने र त्यसपश्चात पुनर्निर्माणको प्रक्रिया थाल्ने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मन्त्रालयको कुल विनियोजित रकमको ९१ अर्ब ३४ करोड छ । हालसम्मको खर्च ३ अर्व २२ करोड छ । यो भनेको साँढे ३ प्रतिशतको हाराहारीमा हो । नेपाल सरकारको मन्त्रीपरिषद्को बैठक २०८२/०६/५ को निर्णयले ६१ अर्ब ७६ करोड रुपैयाँ रोक्का छ, मन्त्रालयको । विभिन्न शिर्षकहरुको बजेट रोक्का रहेको छ । २ हजार १४० वटा कार्यक्रम रोक्का रहेको छ । असोज ५ अगावै वोलपत्र आवह्वान भएको बोलपत्र करिब ४४० वटा पनि रोक्का रहेको छ । अर्थमन्त्रालयमा हामीले फुकुवाको लागी आग्रह गरेका छौँ । आन्दोलनका क्रममा देशभर करिब २२ सय घर संरचनाहरु नष्ट भएका छन् । सरकारी संरचनाहरु त्यसको आधा १२ सयको हाराहारीमा रहेको छ । यसको योजना आयोगको कमिटिले तथ्याङ संकलन गरिरहेको छ । करिब ६०० वटा भवनहरु संघिय सरकारको जिम्मा रहेका छन् । त्यसमध्ये करिब २५० भवन डिटेल ईन्जिनियरिङ एसेसमेन्ट गरेर यसलाई निर्माणमा लैजानुपर्नेछ । करिब २०० भवनमा हामीले अध्ययनको प्रक्रिया अगाडी बढाएका छौँ । दुई महिनाभित्र डिजाईन र लागत अनुमानसहितको परामर्शदाताबाट हामीलाई रिपोर्ट प्राप्त भएपनि पुननिर्माणको प्रक्रियामा लान्छौ । पुननिर्माणसमिति अन्र्तगत कोष पनि खडा भएको छ । नेपाल सरकारले त्यही कोष मार्फत बजेट परिचालन गर्ने भनेको छ ।’

उहाँले पहिलो चरणको कीर्तिपुरको क्रिकेट स्डेडियममा फ्लडलाईट र १० हजार दर्शक क्षमताको प्याराफिट निर्माणको काम सकिएको पनि जानकारी दिनुभयो । दोस्रो चरणको कामको लागी गुरुयोजना अनुरुप सम्पूर्ण काम गर्नको बहुबर्षिय ठेक्का गर्नेगरी अर्थमन्त्रालयमा सहमति माग्ने क्रममा रहेको उहाँका भनाई छ । उहाँले संघिय संसद निर्माणको काम ८७ प्रतिशत सकिएको पनि जानकारी दिनुभयो । १२ वटा भवन निर्माण सकिएको र फिनिसिङको काम मात्रै बाँकी रहेको उहाँको भनाई छ ।