२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन



अ+ अ-

एजेन्सी । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ। समाचार एजेन्सी आईएनएसले यो जानकारी दिएको हो।

प्राप्त विवरणअनुसार ८९ वर्षका धर्मेन्द्रको सोमबार दिउँसो करिब १ बजे आफ्नै घरमा निधन भएको हो। विले पार्ले श्मशानभूमिमा अहिले उनको अन्त्येष्टि भइरहेको छ, जहाँ अमिताभ बच्चन, आमिर खानलगायत धेरै सेलिब्रिटीहरू पुगेका छन्।

यसअघि नोभेम्बर २४ (कार्तिक २५ गते) उनको निधन भएको हल्ला फैलिएको थियो । केही समय अस्पतालको बसाईपछि उनलाई घर लगिएको थियो।

यस वर्षको सुरुवातमा धर्मेन्द्रको कर्निया ट्रान्सप्लान्ट सर्जरी गरिएको थियो। उनको बाँया आँखाको पारदर्शी पत्र (कर्निया) क्षतिग्रस्त भएपछि कर्निया ट्रान्सप्लान्ट (केराटोप्लास्टी) गरिएको थियो।

सन् २०१५ देखि २०२० को बीचमा उनलाई पटक–पटक ढाड दुख्ने, मांसपेशी तन्किने र कमजोरी हुने समस्या देखा परेका थिए। ढाड दुखाइ र थकानका कारण उनलाई अस्पतालमा भर्ना हुनुपरेको थियो।

धर्मेन्द्र बलिउडका सर्वाधिक प्रिय र सफल अभिनेतामध्ये एक हुन् । उनले ‘आये मिलन की बेला’, ‘फूल और पत्थर’, ‘आये दिन बहार के’, ‘सीता और गीता’, ‘राजा जानी’, ‘जुगनू’, ‘यादोँ की बारात’, ‘दोस्त’, ‘शोले’, ‘प्रतिज्ञा’, ‘चरस’, ‘धरम वीर’ जस्ता असङ्ख्य लोकप्रिय चलचित्रहरूमा आफ्नो अविस्मरणीय अभिनयमार्फत दर्शकको मन जितेका छन् ।

सन् २०२३ मा धर्मेन्द्रलाई करण जोहरद्वारा निर्देशित चलचित्र ‘रकी और रानी की प्रेम कहानी’ मा देख्न सकिएको थियो । उक्त चलचित्रमा रणवीर सिंह र आलिया भट्ट मुख्य भूमिकामा थिए । उक्त चलचित्रमा उनको उपस्थितिले नयाँ पुस्ताका दर्शकहरूमा पनि ठूलो उत्साह जगाएको थियो ।

धर्मेन्द्र आगामी चलचित्र ‘इक्कीस’ मा देखिनेछन् । धर्मेन्द्रको निधनले बलिउड मात्र होइन, सम्पूर्ण भारतीय कला क्षेत्रलाई ठूलो शोकमा डुबाएको छ । धर्मेन्द्रको परिवारले बलिउडलाई निकै योगदान दिएको छ । उनकी श्रीमती हेमा मालिनी बलिउडकी चर्चित अभिनेत्री हुन् । यस्तै, दुई छोरा सन्नी देओल र बबी देओल बलिउडमा स्टार अभिनेता हुन् । यस्तै, अभिनेत्री इशा देओल पनि धर्मेन्द्री छोरी हुन् ।