३० श्रावण २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति होः मुख्यसचिव कार्की बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज… मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न होर्मुज जलसन्धिलाई अमेरिकी क्षेत्र घोषणा गर्ने ट्रम्पको अभिव्यक्ति बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण १५ जनामा औलो रोगको सङ्क्रमण पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्थ लण्डन डर्बीः टोटेनहममाथि आर्सनलको सहज जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको आर्सनलले जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले शहरी प्रतीद्वन्द्वी टोटेनहमलाई ४–१ गोलले हराएको हो ।

घरेलु टोलिको जितमा एवेरेची एजेले ह्याट्रिक गरे भने लियान्ड्रो ट्रोसार्डले एक गोल थपे । टोटेनहमका रिचार्लिसनले एक गोल फर्काए । ३६ औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए ।

४१ औं र ४६ औं मिनेटमा एजेले गोल गरेपछि आर्सनल ३–० ले अघि बढ्यो । ५५ औं मिनेटमा रिचार्लिसनलले गोल गर्दै टोटेनहमलाई १–३ को अवस्थामा ल्याए । यता, ७६ औं मिनेटमा एजेले गोल गर्दै ह्याट्रिक पूरा गरे भने टोलिलाई ४–१ को जित दिलाए ।

यो नतिजापछि आर्सनलको १२ खेलबाट २९ अंक पुगेको छ । दोस्रो स्थानको चेल्सीको २३ अंक छ । टोटेनहम १८ अंकका साथ नवौं स्थानमा रहेको छ ।