२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चिया, दुग्ध र सुपारी किसानका समस्या समाधान गर्न सरकारसँग सचेतक राईको माग सरकारको ३० हजार मेगावाट लक्ष्य सफल बनाउन नीतिगत सुधार आवश्यक छ : सांसद पराजुली अर्थमन्त्रीले राजस्व हिनामिना गर्नुभयो, तत्काल संसदीय समिति गठन गरी छानविन गरियोस्ः गुरुप्रसाद बराल खेतीको समयमा मल अभाव भएको भन्दै सांसद राईद्वारा सरकारको ध्यानाकर्षण खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले सिरहाका किसान चिन्तित बढ्दो साइबर ठगी नियन्त्रण र साइबर ब्युरोलाई सशक्त बनाउन सांसद न्यौपानेको माग ऊर्जा क्षेत्रमा ‘लाइसेन्स राज’ अन्त्य गर्ने सरकारको घोषणा, निर्माण नगर्ने प्रवृत्तिमा कठोर हुने चेतावनी सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई हप्कीदप्की गरे, यस सम्बन्धमा रक्षामन्त्रीको जवाफ चाहियोः हर्कराज राई अर्थमन्त्रीले धम्की दिएको अभिव्यक्तिले लेखा समितिमा हंगामाः सत्तापक्ष र प्रतिपक्षबीच के भयो ? ट्रकको ब्लुबुकमा ‘अनुमतियोग्य जीभीडब्लु’ स्पष्ट उल्लेख गर्न सरकारको निर्देशन, ट्रक महासंघद्वारा स्वागत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीताराम विवाह पञ्चमी महोत्सव सुरु



अ+ अ-

जनकपुर। धार्मिक तथा ऐतिहासिक महोत्सव बोकेको जनकपुरधाममा साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सव आजदेखि सुरु भएको छ ।

महोत्सवको तयारी पूरा भएको जानकी मन्दिरका उत्ताराधिकारी महन्त रामरोसन दासले जानकारी दिनुभयो । विगत वर्ष जस्तै यस वर्ष जानकी मन्दिरलाई विवाह मण्डप जस्तै सिङ्गारिएको छ । साथै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

जानकी मन्दिरको सरसफाइ, पण्डाल निर्माण, झिलिमिली बत्ती, मञ्च तयारीदेखि सांस्कृतिक कार्यक्रमका संरचनासम्म मन्दिर व्यवस्थापनले साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको तयारी पूरा भएको उहाँले बताउनुभयो ।

साथै साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सवअन्तर्गत आज जनकपुरधाम नगरदर्शन, शुक्रबार फूलवारी लिला, शनिबार धनुषा यज्ञ, आइतबार तिलकोत्सव, सोमबार मटकोर, मङ्गलबार स्वयंवर तथा शुभ विवाह र बुधबार रामकलेवा हुँदै समापन हुने कार्यक्रम तालिका जानकी मन्दिरले सार्वजनिक गरेको छ ।

भारतको बिहार, उतरप्रदेश, राजस्थानसहित नेपालको सात प्रदेशका हिन्दू धर्मालम्बीहरु दर्शनका लागि आउने गरेको महन्त दासले बताउनुभयो ।

विवाह पञ्चमी महोत्सवमा कुनै अप्रिय घटना हुन नदिन र शान्ति सुरक्षा प्रभावकारी बनाउन जनकपुरधाममा नेपाल प्रहरी र शास्त्र प्रहरीका गरी एक हजार ७५० सुरक्षाकर्मी परिचालन गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।रासस




भर्खरै