२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमरा क्षेत्रमा आज पनि जेनजी युवाको प्रदर्शन



अ+ अ-

काठमाडौँ । बाराको सिमरा क्षेत्रमा आज पनि प्रदर्शन भइरहेको छ ।

नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबिचको विवादले बुधबार दिनभर तनावग्रस्त रहेको सिमरामा आज पनि प्रदर्शन भएको हो ।

तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले बुधबार कर्फ्यू आदेश जारी गरेको थियो । बेलुका प्रहरी प्रशासन र युवाहरूबिच सहमति भएपश्चात् सडक सञ्चालनमा ल्याईएको थियो ।

आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्ता पक्राउको माग गर्दै बिहिबार बिहान १० बजेबाट जेनजी युवाहरुले सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनका कारण सिमरा र आसपास क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन बन्द रहेको छ ।