१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त



अ+ अ-

भक्तपुर। सरकारले भक्तपुरस्थित सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा कल्पनाकुमारी श्रेष्ठलाई नियुक्त गरेको छ ।

स्वास्थ्य मन्त्रालयको सिफारिसमा सोही केन्द्रमा लामो समयदेखि कार्यरत ‘सिनियर कन्सल्टेन्ट नेफ्रोलोजिस्ट’ (मिर्गौला रोग विशेषज्ञ) श्रेष्ठलाई केंन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

यसअघि उक्त पदमा वरिष्ठ प्रत्यारोपण शल्य चिकित्सक डा पुकारचन्द्र श्रेष्ठ रहनुभएको थियो । उहाँको गत महिना अवकाश भएपछि रिक्त रहेको सो पदमा श्रेष्ठलाई नियुक्त गरिएको अस्पतालका प्रशासन प्रमुख हरि पोखरेलले जानकारी दिनुभयो ।

उहाँले आजै पदभार ग्रहण गर्नुभएको छ ।  रासस