४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

जाडोमा न्यानो कपडाको विक्रीः व्यवसायीहरु छैनन् उत्साहित

जाडोमा न्यानो कपडाको विक्रीः व्यवसायीहरु छैनन् उत्साहित
अ+ अ-

काठमाडौँ । जाडो याम शुरु भएसँगै न्यानो कपडाको विक्री बढेको छ ।

व्यापारीहरुकाअनुसार हिजोआज न्यानो कपडा किन्न आउनेहरुको पसलहरुमा बढेका छन् । उनीहरुले अहिले स्वीटर, ज्याकेट, कोट, पाइन्ट खोज्ने गरेका छन् । तर व्यापारीहरु भने त्यति उत्साहित छैनन् । उनीहरुकाअनुसार धेरै युवाहरु विदेशिदाँ पसलहरुमा आउने ग्राहकको संख्यामा उल्लेख्य कमी आएको छ । पहिलेको तुलनामा व्यापार धेरै कम हुँदा उत्साह समेत घटेको छ ।

व्यापारी चन्दकुमार नायकले व्यापारमा कमी आएको बताउनुहुन्छ । मान्छेहरु पहिला भन्दा घटेकै कारणले व्यापारमा कमी आएको हुनसक्ने उहाँले बताउनु भयो । नायककाअनुसार जाडोको सामानहरुमा हाइनक, ज्याकेट, टाउजरहरुको विक्री बढी छ । उहाँकाअनुसार जाडोका कपडाहरुको १०००÷१२०० का रहेका छन् । पहिलेको तुलनामा भाउ बढेको उहाँको भनाइ छ । ज्याकेट, कोट, हाइनेकहरुको भाउ गत वर्षको तुलनामा बढेको छ । नेपाली समानहरु भन्दा बाहिरी समानहरुको माग बढि रहेको नायकले बताउनु भयो ।

व्यवसायी नायकले भन्नुभयो–‘सबै जसो वर्षमा मान्छे कमकम हुँदै गएको छ । मान्छेहरु बाहिर बस्न थालिसक्यो । सबै मान्छे बाहिर गइरहेको छ । मान्छे कम भइसक्यो । अहिले केही रुपमा जाडोको सामानहरुमा हाइनक, ज्याकेट, टाउजरहरु बिकिरहेको छ । कपडाहरुको १०००÷१२०० छ । ज्याकेट, कोट हाइनेको माग बढी छ । प्रत्येक वर्ष ग्राहक घटेको महुशस भएको छ । काम गर्ने मान्छेको पनि अभाव छ । बाहिरकै समानको माग बढी छ ।’

न्युरोडका कपडा व्यवसायी लक्ष्मण श्रेष्ठले पहिलेको तुलनामा व्यापार कम रहेको बताउनु भयो । उहाँकाअनुसार देशमा अस्थीरता छाएका कारण व्यापारमा कमी आएको छ । व्यवसायी श्रेष्ठले भन्नुभयो–‘पहिलेको तुलनामा व्यापार कम छ । देशको अवस्था राम्रो नभएका कारण कम भएको होला  । जाँडोलाई मध्यजनरमा राख्दै स्वीटर ज्याकेटहरु पसलमा राखिएको छ । विक्री ठिकै भइरहेको छ ।’

अर्का कपडा व्यवसायी अर्जुनराज शाक्यले व्यापारको अवस्था दिनप्रतिदिन घट्दै गएको बताउनु भयो । जतिपनि लगाउने, खाने मान्छेहरु विदेश होमिदा व्यापारमा ठूलो असर परेको उहाँले बताउनु भयो । उहाँकाअनुसार बुढाबुढीहरुले एकचोटी किनेपछि वर्षौंसम्म त्यही लगाउने भएकाले विक्रीमा सुस्तता आएको बताउनु भयो । जाडोमा अहिले तातोसमानहरु चाहिने हुँदा उलनका कपडा, मखमल सलहरुको माग बढेको छ । व्यवसायी शाक्यले भन्नुभयो– ‘व्यापारको अवस्था दिनप्रतिदिन घट्दैछ । जतिपनि लाउने, खाने युवामहरु विदेशमा छन् । बुढाबुढीहरुले एकचोटी किनेपछि कमै किन्नुहुन्छ । जाडोमा अहिले तातोसमानहरु चाहिने हुँदा उलनका कपडा, मखमल सलहरुको माग बढेको छ । इण्डियन, चाइनिज कपडाहरु बेचिरहेका छौं । नेपाली समानमा त्यति क्वालिटी निकाल्न सकेकै छैन । त्यसैले विदेशी धेरै विक्री हुने गरेको छ ।’

उहाँकाअनुसार युवाहरुको सोचबाट नेपालमै राम्रो बन्ने थियो । तर उनीहरु विदेशमा होमिदा डिजाइन, फिनिसिङ नेपाली कपडामा छैन । जसकारण नेपाली कपडाहरुको विक्री गर्न कठिन रहेको शाक्यले बताउनु भयो ।