१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको वातावरण बनाउन सबैको सहमति चाहिन्छः संयोजक दाहाल



अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरुको सहमति आवश्यक रहेको बताउनुभएको छ ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले संयोजक दाहालले सबै राजनीतिक दलहरुको सहमति भए निर्वाचनको वातावरण बन्ने बताउनुभएको हो । उहाँले सबै एकजुट भएर जिम्मेवारीपूर्वक र गम्भिरताको साथ निर्वाचन प्रक्रियामा भाग लिनुपर्ने बताउनु भयो । उहाँले सरकारले घोषणा गरेको फागुन २१ गते नै निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सबै सहमत भएर सबैले जिम्मेवारीपूर्वक र गम्भिरताको साथ निर्वाचन प्रक्रियामा लाग्नुपर्छ । घोषित निर्वाचन समयमा नै हुनुपर्छ । समयमा नै होस् भन्नको निम्ति वातावरण बनाउन सबैको बीचमा सहमति चाहिन्छ ।’

उहाँले पार्टीको जिम्मेवारी बाँडफाँड भने मंगलवारको बैठकमा टुंग्याउने जानकारी दिनुभयो । जिम्मेवारी बाँडफाँड र एकताको सन्देश समानान्तर रुपमा लाने भन्ने समझदारी भएको उहाँको भनाई छ ।