१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो सरकार ओली र लेखक थुन्नुलाई नै सुशासन ठानिरहेको छ, हामी बिना पैसा कलाबिहीन नाटक हेर्दैछौँः ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई समात्नु नै सुशासन हो भन्ने सोचिरहेको टिप्पणी गर्नुभएको छ ।

आईतवार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरुसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले ओली र लेखकलाई गिरफ्तार गरेर थुन्नुलाई नै अहिलेको सरकारले सुशासन ठानिरहेको बताउनु भयो । त्यसका लागि जेन–जीहरुलाई संगठित गर्ने, उनीहरुको मागपत्र लेखिदिने, मागपत्र पढाउने, उनीहरुको हातमा मागपत्र दिने जेन–जीहरुलाई बोलाएर दबाब दिए भन्ने भ्रम फैल्याउने काममा लागेको बताउनु भयो । वर्तमान सरकार बिना पैसाको नाटक देखाइरहेको टिप्पणी गर्नुभयो । जेन–जीले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको मागपत्र कसले, कहाँ ड्राफ्ट गरेको भन्नेसमेत आफूलाई जानकारी रहेको बताउनु भयो । आफूहरु बिना पैसामा असंवैधानिक सरकारको तमासा हेर्न बाध्य भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिले सरकारमा हुनेहरुले सुशासन भनेको केपी ओली र रमेश लेखकलाई गिरफ्तार गरेर थुन्नु भन्ने बुझेका छन् र त्यसका निम्ति जेनजीहरुलाई संगठित गर्नु, जेनजीहरुको मागपत्र लेखिदिनु, जेनजीहरुलाई बोलाएर मागपत्र पढाउनु, जेनजीहरुका हातमा मागपत्र थमाइदिनु, जेनजीहरुको डेलिगेशन बोलाउने, डेलिगेशन भेट्ने र सञ्चारकर्मीहरुका अगाडि डेलिगेशन आयो, जेनजीहरुले सरकारलाई दबाब दिए लौ के गरौँ भनेर सरकार त दबाबमा छ भन्ने देखाउन आर्टिफिसियल ड्रामा तयार भएको छ । जेनजीहरुको मागपत्र हेरेको थिएँ, मागपत्र कसले ड्राफ्ट गरेको मलाई समेत थाहा छ । कहाँ पढाइएको जेनजीलाई थाहा छ, को अर्गनाइजर भएरहेको छ त्यो पनि थाहा छ । जे होस् एउटा तमासा भयो । हामीले बिना पैसा यो असंवैधानिक सरकारको तमासा हेर्न पाएका छौँ । कला बिहीन नाटक छ । नाटकमा अलिकति कला हुनुपर्छ । कला बिहीन नाटक छ, त्यो हेरिरहेका छौँ ।’

अध्यक्ष ओलीले वर्तमान सरकारले कला बिहीन नाटक मञ्चन गरिरहेको टिप्पणी गर्नुभयो ।