२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत १५ वर्षपछि घरेलु मैदानमा दक्षिण अफ्रिकासँग पराजित, १२४ रन पछ्याउन सकेन



अ+ अ-

काठमाडौँ । दक्षिण अफ्रिकाले कोलकातामा खेलिएको पहिलो टेस्टमा भारतलाई ३० रनले पराजित गरेको छ।

भारतले पहिलो इनिङ्समा ३० रनको अग्रता निकाले पनि दक्षिण अफ्रिकाले बलरहरूको प्रदर्शनको बलमा उत्कृष्ट पुनरागमन गर्‍यो र भारतलाई हराउँदै दुई खेलको सिरिजमा १–० को अग्रता लिएको छ।

दक्षिण अफ्रिकाको दोस्रो इनिङ्स १५३ रनमा समेटिएको थियो र १२३ रनको अग्रता बनाउँदै भारतलाई १२४ रनको लक्ष्य दिएको थियो। भारतको दोस्रो इनिङ्सको ब्याटिङ निकै कमजोर रह्यो र टोली दोस्रो नै सेसनमा ९३ रनमै आलआउट भयो।

भारतका लागि वाशिङ्टन सुन्दरले सबैभन्दा धेरै ३१ रन बनाए। अक्षर पटेल पनि राम्रो ब्याटिङ गरिरहेका थिए र उनले केशव महाराजमाथि लगातार चौका–छक्का प्रहार गर्दै भारतलाई जित दिलाउने प्रयास पनि गरे, तर खराब सट खेलेपछि आउट भए।

त्यसपछि केशवले मोहम्मद सिराजलाई आउट गर्दै भारतको पारी समाप्त गरिदिए। भारतीय कप्तान शुभमन गिल दोस्रो इनिङ्समा पनि ब्याटिङ गर्न आएका थिएनन्।

भारतका लागि वाशिङ्टन र अक्षर बाहेक रवीन्द्र जडेजाले १८, ध्रुव जुरेलले १३, ऋषभ पन्तले २, केएल राहुलले १ र कुलदीप यादवले १ रन जोडे। जसप्रीत बुमराह भने खाता नखोली नै अविजित फर्किए।

दक्षिण अफ्रिकाका लागि सिमोन हार्मरले ४ विकेट लिए, जबकि मार्को यान्सेन र केशव महाराजले २–२ विकेट लिए। एडेन मार्करामले एक विकेट हात पारे।