४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव
अ+ अ-

दोधारा चाँदनी । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि बिरामीको चाप बढेको छ । अस्पतालले विशेषज्ञ सेवासँगै सिटी स्क्यानलगायतका उपकरणबाट सेवा दिन थालेपछि बिरामीको चाप बढेको हो । रिफर सेन्टरका रुपमा परिचित महाकाली अस्पतालले पछिल्लो समय २३ विशेषज्ञ चिकित्सकसहितको सेवा दिन थालेको छ ।

अस्पतालमा मेडिसिन विभाग, हाडजोर्नी विभाग, सर्जरी विभाग, स्त्री तथा प्रसूति रोग विभाग, रेडियोलोजी, एनेस्थेसियोलोजी र मानसिक रोग विशेषज्ञ सेवा सञ्चालन भएपछि दैनिक आउने बिरामीको चाप बढेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टले जानकारी दिनुभयो । एक महिनाअघि मात्रै अस्पतालले सिटी स्क्यान सेवा सुरु गरेको थियो । यसले यहाँ उपचार गर्न आउने बिरामीको चाप बढेपछि शय्या अभाव हुन थालेको उहाँले बताउनुभयो ।

“सिटी स्क्यान सुरु भएपछि क्यान्सरको प्रारम्भिक पहिचान हुने, धेरैजसो चोटपटक लागेका, दिमागमा नशा च्यापिने र हेमाटोमा हुने बिरामीको निदान भइरहेको छ”, मेसु डा भट्टले भन्नुभयो, “यस्ता बिरामी बढेपछि अस्पतालमा बेडको अभाव हुन थालेको छ, बिरामी भर्ना दर बढेको छ ।”

बिरामीको भर्ना दर बढेपछि तत्काल बेड थप गर्नुपर्ने अवस्था आएको मेसु डा भट्टले बताउनुभयो । यसका लागि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयमा पहल गरिरहेको उहाँको भनाइ छ । “मङ्सिरदेखि ओपिडी र आकस्मिक कक्षका लागि छुट्टै अत्याधुनिक एक्स–रे मेसिनबाट सेवा सुरु गर्दै छौँ”, उहाँले भन्नुभयो, “हामीले गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रतिबद्धताअनुरुप काम गरिरहेका छौँ ।”

अस्पतालले विशेषज्ञसहितको सेवा सुरु गरेपछि यहाँका बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्न थालेको छ । विगतको तुलनामा अस्पतालमा अत्याधुनिक स्वास्थ्य उपकरण र विशेषज्ञसहितको सेवाले बिरामीलाई रोगको निदान र उपचारमा सहज भएको छ । अस्पतालले सिटी स्क्यान सेवा सुरु गरेपछि बिरामीको रोग पहिचान गरी उपचार गर्न सहज भएको अस्पतालका रेडियोलोजिष्ट सन्तोष आत्रेयले जानकारी दिनुभयो ।

“अस्पतालमा एक्स–रे मात्रै हुँदा हामीले यहाँबाट बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्था थियो,” उहाँले भन्नुभयो, “सिटी स्क्यान सुरु भएपछि यहाँ उपचारका लागि आउने धेरै बिरामीको छोटो समयमा उपचार गर्न सफल भएका छौँ, महेन्द्रनगरमै क्यान्सर पहिचान हुन थालेको छ ।” उहाँले धेरैजसो बिरामीको प्रारम्भिक क्यान्सरसमेत देखिएपछि बिरामीलाई सल्लाहसहित उपचारका लागि पठाएको बताउनुभयो ।

अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णानन्द भट्टले विगतको तुलनामा अस्पतालले विशेषज्ञ सेवा थपिँदै गएको बताउनुभयो । “विगतको तुलनामा यहाँबाट सेवा लिने बिरामीको सङ्ख्या बढेको छ,” उहाँले भन्नुभयो, “यहाँको मुख्य आवश्यकता भनेको सिटी स्क्यान थियो त्यो सेवा पनि सञ्चालन भएपछि यहाँका बिरामीहरुलाई राहत मिलेको छ ।”

अहिले विशेषज्ञ चिकित्सक सेवा थपिँदै गएकाले सरकारले त्यही अनुसारको भौतिक पूर्वाधार र स्वाथ्य उपकरण पनि थपिँदै गए यहाँबाट कुनै पनि बिरामीले उपचारका लागि अन्यत्र जानु नपर्ने उहाँको भनाइ छ । अस्पताल प्रशासनका अनुसार आर्थिक वर्ष २०७०÷८१ मा ९१ हजार ५०० बिरामीले ओपिडिबाट सेवा लिएका थिए ।

त्यसैगरी आकस्मिक कक्षबाट ३९ हजार ९१४ जनाले सेवा लिएका थिए भने पाँच हजार जना अस्पतालमा भर्ना भएका थिए । विशेषज्ञ सेवा सुरु भएपछि आर्थिक वर्ष २०८१÷८२ मा ओपिडीबाट एक लाख नौ हजार बिरामीले सेवा लिएका छन् । आकस्मिक कक्षबाट ५१ हजार ३०० बिरामीले सेवा लिएका छन् भने ६ हजार ३५६ जना अस्पतालमा भर्ना भएका थिए ।

विसं २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको अस्पताल २०३१ सालमा २५ शय्याको जिल्ला अस्पतालमा परिणत भएको थियो । जिल्ला अस्पतालबाट स्तरोन्नति हँुदै २०४३ सालमा ५० शय्याको अञ्चल अस्पताल ९रेफरल सेन्टर० का रुपमा परिणत भयो । मुलुकमा सङ्घीयतापछि प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भएपछि भने अस्पतालले विशेषज्ञ सेवा दिन थालेको हो ।

अस्पतालमा स्वीकृत स्थायी दरबन्दीअनुसार ११ तहका विशेषज्ञ चिकित्सक चार जना र नवाँै तथा दश तहका विशेषज्ञ चिकित्सक १६ जनाको दरबन्दी छ । अहिले अस्पतालमा मेडिसिन विभागमा चार, हाडजोर्नी विशेषज्ञ तीन, स्त्री रोग विशेषज्ञ तीन, बालरोग विशेषज्ञ दुई, नाक कान घाँटी विशेषज्ञ दुई, एनेस्थेसियोलोजिस्ट दुई, सर्जरी विशेषज्ञ तीन र रेडियोलोजिस्ट दुई र एक जना मानसिक रोग विशेषज्ञ कार्यरत छन् ।