४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की

सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
अ+ अ-

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशमा सुशासन कायम गर्दै आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने सरकारको अभिभारा पूरा गर्न प्रतिवद्ध रहेको जनाउनुभएको छ ।

बिहीवार प्रहरी महानिरीक्षकको दज्र्यानी चिह्न लगाएपछि सिंहदरबारमा आफ्ना भनाइहरु राख्दै उहाँले आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनु आफ्नो प्रमुख ध्येय रहने बताउनुभएको हो ।

आईजीपी कार्कीले असाधारण परिस्थितिमा प्राप्त जिम्मेवारीप्रति आफू सचेत र सजग रहेको बताउनु भयो । नेपाल सरकार, गृह मन्त्रालय, सुरक्षा निकाय, गैरसरकारी संस्था तथा समुदायसँग प्रभावकारी समन्वय र सहकार्य गर्दै संगठनमा सुदृढ नेतृत्व र सामुहिकता प्रदर्शन गर्ने उहाँले प्रतिवद्धता जनाउनु भयो । नेपाल प्रहरीको मनोबल उच्च राख्दै, सुशासन र जनअपेक्षाअनुसारको कार्यसम्पादन गर्ने उहाँको भनाई छ । उहाँकाअनुसार एकतर्फ प्रहरी संरचना र भौतिक पूर्वाधारको पुनस्र्थापना तथा आसन्न निर्वाचनलाई दृष्टिगत गरी आवश्यक हतियार, सवारीसाधन र स्रोतको सुनिश्चितता गर्नुपर्नेछ भने अर्कातर्फ प्रहरीहरूको मनोबल उकास्न र जगाइराख्न पनि उत्तिकै जरुरी छ ।

हाल देशमा लागुपदार्थ दुरुपयोग, आत्महत्या र सडक दुर्घटनाका समस्या चिन्ताजनक रूपमा बढ्दो रहेको उहाँले जानकारी दिनुभयो । यी चुनौतीहरू समाधान गर्न प्रहरी संगठनलाई भौतिक रूपमा सुदृढ र उच्च मनोबलयुक्त बनाउनपर्ने आवश्यकता उहाँले औँल्याउनु भयो । सूचना प्रविधिको तिब्र विकास, अपराधका प्रवृत्तिमा आएको परिवर्तन र जनताको सुशासनप्रतिको अपेक्षाअनुरूप उच्च मनोबलयुक्त प्रहरी चरित्र र क्षमताको विकासमार्फत प्रभावकारी सेवा प्रदान गर्नु प्रहरी संगठनको साझा जिम्मेवारी रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘देशमा सुशासन कायम गर्ने र निर्वाचन सम्पन्न गराउने नेपाल सरकारको अभिभारा, विभिन्न आयामका सुरक्षा चुनौतीहरु उठाउँदै गरेका प्रहरी संरचना र मनेबलको सन्दर्भमा प्राप्त यो जिम्मेवारी असाधारण गरेकोप्रति म जानकार र सजग रहेको छु । असाधारण परिस्थितिमा प्राप्त यस जिम्मेवारी नेपाल सरकार, गृहमन्त्रालय, सुरक्षा निकाय, गैरकारकारी संघसंस्था एवं अन्य समुदायसँग प्रभावकारी समन्वय र सहकार्य गर्दे संगठनमा सुदृढ नेतृत्व र सामुहिकता प्रदर्शन गर्दे, प्रहरी कर्मचारीको मनोबल बढाउँदै नेपाल सरकार र आम जनताको चाहनाअनुरुप कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । नेपाल प्रहरीलाई भौतिक रुपमा सुदृढ र उच्च मनोबल बनाउनुपनेछ । एकातिर भौतिक संरचनाहरुको पुनस्र्थापना र आसन्न निर्वाचनलाई दृष्टिगत गरी हातहतियार, सवारीसाधन लगायतका आवश्यक प्रवन्धहरुको सुनिश्चितता गर्नुपर्नेछ भने अर्कोतर्फ प्रहरीहरुको मनोवललाई पनि जगाईराख्ने र वृद्धि गर्नुपर्ने उत्तिकै टड्कारो आवश्यकता छ । अपराध र सुरक्षा चुनौतीहरुका विषयमा पारस्पारिक प्रवित्तिहरुमा भएको परिवर्तन, स्ूचना प्रविधिमा भएको दु्रत विकास र सुशासनको जनअपेक्षा अनुरुपको उच्च मनोबलिकताको प्रहरी चरित्र र क्षमता निर्माण गरि प्रभावकारी सेवा प्रदान गर्नु हाम्रो साझा आवश्यकता र दायित्व हो ।’

उहाँले प्रहरीलाई पोषणको कमी रहेकोले सरकारले त्यसको व्यवस्था गर्नुपर्ने पनि बताउनु भयो । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दज्र्यानी चिह्न लगाईदिनुभएको छ । प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जानुभएकाले नेपाल प्रहरीको कमाण्ड कार्की मातहत आएको हो । खापुङ अवकाशमा जानुअघि नै कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।