२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्यासलको तस्बिर राख्दै रामकुमारीले लेखिन्ः फेरीएको हाम्रो दिनचर्या



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)की नेतृ रामकुमारी झाँक्री ४ वर्षपछि पुनः एमालेमा फर्किइन्। पार्टीमा पुनः प्रवेश गरेकी झाँक्री बुधबार पार्टी मुख्यालय च्यासल पुगेकी हुन्।

पूर्वमन्त्री समेत रहेकी झाँक्रीसहित किसान श्रेष्ठलगायत दर्जनबढी नेता तथा कार्यकर्तालाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए। त्यसपछि उनी आज पहिलोपटक पार्टी कार्यालय च्यासल पुगेकी हुन्।

च्यासल पुगेपछि झाँक्रीले एमाले नेताहरूसँगको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै लेखेकी छन्, “फेरिएको हाम्रो दिनचर्या, पार्टी कार्यालय च्यासलमा।”

उनको साथमा उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य राजन भट्टराई, लालबाबु पण्डित, खिमलाल भट्टराईलगायतका नेताहरू पनि देखिएका छन्।

झाँक्री र उनका समूहले २०७८ सालमा माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) रोजेका थिए।

तर, माधव नेपाल पछिल्ला दिनमा माओवादी केन्द्रसहित साना वाम घटकसँग पार्टी एकता प्रक्रियामा अघि बढेपछि झाँक्री समूहले असन्तुष्टि जनाउँदै पुनः एमाले फर्किएको हो।