५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना

भरतपुर रंगशालाको छैटौं मूल्याङ्कनमा पनि कुनै अनियमितता फेला परेन

भरतपुर रंगशालाको छैटौं मूल्याङ्कनमा पनि कुनै अनियमितता फेला परेन
अ+ अ-

काठमाडौं । धुर्मुस–सुन्तली फाउन्डेसनको पहलमा भरतपुरमा निर्माण सुरु भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको छैटौं प्राविधिक मूल्याङ्कनमा पनि कुनै कैफियत नभेटिएको पाइएको छ।

पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले गरेको पछिल्लो मूल्याङ्कनअनुसार रंगशालामा भ्याटसहित करिब ५९ करोड ९० लाख रुपैयाँ बराबरको काम भएको देखिएको छ।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत पुल्चोक क्याम्पसको मूल्याङ्कनका आधारमा सम्पत्ति खरिद गर्न १५ करोड रुपैयाँ विनियोजन गरी अर्थ मन्त्रालयले असारमै भरतपुर महानगरपालिकालाई निकासा गरिसकेको छ।

प्रतिवेदनले धुर्मुस–सुन्तली फाउन्डेसनले खर्चभन्दा बढी मूल्यको भौतिक संरचना निर्माण गरेको देखाएको छ। महानगरको लेखापरीक्षणअनुसार ५७ करोड ९२ लाख रुपैयाँ खर्च भएको र करिब १८ करोड ४३ लाख रुपैयाँ आपूर्तिकर्तालाई तिर्न बाँकी रहेको उल्लेख छ।

संस्थानको प्रतिवेदनमा माटो ढुवानी, दुबो रोपाइँ र नमुना खेलमैदानलगायत करिब ३ करोड रुपैयाँ बराबरका खर्च समावेश छैनन् । ती जोड्दा र ओभरहेड कस्ट समेत गणना गर्दा रंगशालाको कुल मूल्य करिब ७२ करोड रुपैयाँ पुग्छ।

यो परियोजनामा हालसम्म पाँचपटक सरकारी छानबिन भइसकेको छ । सबै मूल्याङ्कनले कुनै अनियमितता नभएको निष्कर्ष दिएको छ। धुर्मुसविरुद्ध दायर उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि २०८१ सालमा ‘क्लिनचिट’ दिएको थियो।

तर, भरतपुर महानगरले संघीय सरकारबाट निकासा भएको १५ करोड रुपैयाँ फाउन्डेसनलाई अझै हस्तान्तरण गरेको छैन। यस कारण धुर्मुसले ठेकेदार र आपूर्तिकर्तालाई तिर्न बाँकी १८ करोड रुपैयाँको ऋण चुक्ता गर्न नसकेको बताइएको छ।