काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको आन्दोलन क्रान्ति नभएको बताउनुभएको छ ।
घर फर्क राष्ट्रिय अभियानलाई सोमवार सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले भदौ २३ रु २४ गते भएको आन्दोलन उपद्रव भएको बताउनु भयो । उक्त आन्दोलन परिवर्तनका लागि नभएको जिकिर गर्नुभयो । उहाँले उक्त उपद्रव छानी छानी नेताका घरहरु जलाउने र कसैले सिकाएको योजनावद्ध काम भएको बताउनु भयो । क्रान्ति यस्तो नहुने भन्दै बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो परिवर्तनका लागि आन्दोलन होइन । यो कसैले सिकाएर लगाइएको एकदमै योजनावद्ध गूगलम्याप हेरेर तयारी गरिकन आगो लगाइएको हो । हात हातमा हतियार र विष्फोटक चिजहरु बोकेर आगजनी गर्ने चिजहरु बोकर हिँडेका मान्छेहरुको योजनावद्ध काम हो । यो कुनै आन्दोलन होइन । विश्वमा यस्तो क्रान्ति हुँदैन । यो क्रान्ति होइन । यो उपद्रव हो । क्रान्ति गरिरहनुपर्छ । राम्रो कुरा हो ।’
अध्यक्ष ओलीले क्रान्ति सकारात्मक प्रक्रिया भएको बताउनु भयो ।









