२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० प्रतिशत भन्दा कम मत पाए सरकारमा जाँदैनौँः वीरेन्द्रबहादुर बस्नेत



अ+ अ-

काठमाडौँ । गतिशिल लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य वीरेन्द्रबहादुर बस्नेतले आफ्नो पार्टीले २० प्रतिशत जनमत नल्याए सरकारमा नजाने घोषण गर्नुभएको छ ।

सोमवार निर्वाचन आयोगमा दल दर्ता प्रमाण पत्र लिए पश्चात सञ्चारकर्मीहरुसँग बोल्दै उहाँले आफ्नो पार्टीले फागुन २१ गते हुने निर्वाचनमा देशभरबाट २० प्रतिशत मत नल्याए सरकारमा नजाने घोषणा गर्नुभएको हो । उहाँले देशको वर्तमान राजनीतिक परिवेश, जनताको बदलिँदो आकांक्षा र दीर्घकालीन राष्ट्रिय दृष्टिकोणका सन्दर्भमा आफ्नो दलले नयाँ दिशामा यात्रा गर्ने बताउनु भयो ।

राष्ट्र कठिन अवस्थामा भएकाले मुलुकलाई सफलतातर्फ अगाडि बढाउने काम आफ्नो पार्टीले गर्ने उहाँको दाबी छ । उहाँले आफूहरु दीर्घकालीन हिसावले राजनीतिमा प्रवेश गरेको बताउनु भयो । उहाँले देशका सन्ततीहरुका लागि त्याग, निष्ठा, इमान्दारिता र सृजनशीलतका साथ अगाडि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले चाहीँ एउटा सुन्दर भविष्य देखेर त्यसलाई चाहीँ साकार कसरी गर्नसक्छौ भन्ने हिसावले अगाडि बढ्न प¥यो । त्यसकारण हामी एउटा यस्तो खालको समयमा प्रवेश गर्दैछौं, यस्तो खालको कालमा प्रवेश गर्दैछौं, एउटा लाइफ साइकलमा प्रवेश गर्दैछांै सायद यो बढो इन्टेन्स एउटा कठिन लाइफ टाइममा चाहीँ हामी प्रवेश गर्दैछांै । अब यसलाई हामीले सफलतामा परिणत गर्नैपर्छ । यो हाम्रो लागि मात्र होइन हाम्रा सन्तति र त्यस पछिका सन्ततिहरुका लागि हामी त्यसमा पूरा त्याग हाम्रो मेहनत, हाम्रो इमानदारिता, हाम्रो निष्ठा, हामीहरुको सृजनशिलता मुख्य गरिकन यो सबैलाई एकजुट पारेर लैजाछौं र हामी दृघकालिन हिसाबले आउदैछौ किनभने हामीहरुको घोषणा पत्रमै लेखिसकेका छौं कि हामी २० प्रतिशत भोट नपाई सरकारमा जादैनौ ।’

उहाँले जेन—जी पुस्ताको आन्दोलन पश्चात पार्टीको संगठनिक कार्य शुरु गरेको बताउनु भयो ।