२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमान घिसिङले बनाउने पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने



File Photo
अ+ अ-

काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने नयाँ राजनीतिक दलको नाम ‘उज्यालो नेपाल’ रहने सहमति भएको छ।

आइतबार राति बसेको बैठकले यसअघि तय भएको ‘नेपाल जनसेवा पार्टी’ नाम परिवर्तन गरी उज्यालो नेपाल नाममा निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको हो।

बैठकका अनुसार पार्टीको चुनाव चिन्ह ‘बिजुलीको चिम’ नै रहनेछ। तत्कालका लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अन्य सदस्यसमेत रहने गरी आयोगमा दर्ता प्रक्रिया अघि बढाइने भएको छ।

घिसिङ निकट एक नेताका अनुसार हाललाई कुनै पदाधिकारी तोकिएको छैन। “अहिले संयोजकको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय कमिटी बनाइने तयारी छ,” उनले भने, “सुमना जी लगायतका अन्य पदाधिकारीहरू दोस्रो चरणमा जोडिनेछन्।”

उनका अनुसार अहिले माइन्यूटिङ र हस्ताक्षरको काम भइरहेको छ। “संभव भएसम्म आज साँझ ४ बजेसम्म टुंग्याएर दर्ता गर्ने प्रयास हुनेछ, नभए भोलि आयोगमा जानेछौँ,” उनले बताए।

पार्टीको प्रारम्भिक केन्द्रीय कमिटीका सदस्यहरूको नाम टुंग्याउने छलफल जारी रहेको स्रोतले जनाएको छ।