१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग

फागुन २१ मा निर्वाचन सम्पन्न गराउन सरकार कटिवद्ध छः स्वास्थ्यमन्त्री गौतम

फागुन २१ मा निर्वाचन सम्पन्न गराउन सरकार कटिवद्ध छः स्वास्थ्यमन्त्री गौतम
अ अ+ अ-

काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकार समयमा नै निर्वाचन सम्पन्न गराउन कटिवद्ध रहेको बताउनुभएको छ ।

सोमवार भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री गौतमले सरकारको मुख्य म्यान्डेट आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गराउनु रहेको उल्लेख गर्दै त्यसलाई समयमा सम्पन्न गराउनका लागि आवश्यक वातावरण बनाउने काममा लागि पर्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । नेपाल सरकार शान्ति सुरक्षाको प्रवन्ध गरेर निर्वाचन समयमा होस् भन्नेमा कटिवद्ध रहेको मन्त्री गौतमको भनाई थियो । उहाँले निर्वाचन समयमा नै सम्पन्न हुन्छ भनेर आम मतादातालाई आश्वस्त पार्ने काममा केन्द्रित हुन पनि सबै पक्षलाई अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी जेन–जी आन्दोलनको क्रममा अव देशमा आमुल परिवर्तन ल्याउनुपर्छ । र, हाम्रो सुशासन र भ्रष्टाचार विरुद्धको एउटा म्यान्डेट लिएर आएको हो । तर हाम्रो मुख्य म्यान्डेट चाहीँ निर्वाचन गर्ने हो । फागुन २१ गते हामीले निर्वाचन गर्नुपर्छ । त्यसका लागि हामीले देशमा सकारात्मक वातावरण बनाउनु पर्छ । नेपाल सरकार शान्ति सुरक्षाको प्रवन्ध गरेर निर्वाचन समयमा होस भन्नेमा कटिवद्ध छ । यहाँ हुनु भएका मन्त्रीज्युहरु र उहाँहरुको दलमार्फत सबै सकारात्मक क्रियाकलापहरुद्धारा जनतालाई आश्वास्त पार्ने काम गरौ । र हामी सबै जना निर्वाचनको तयारी जुटौ भन्ने विशेष म्यासेज म यहाँ राख्न चाहन्छु ।’

मन्त्री गौतमले वर्तमान सरकारले जेनजी आन्दोलनले दिएको म्यान्डेटअनुसार सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक कदम चालिरहेको बताउनु भयो । उहाँले आधारभुत अस्पताल, स्वास्थ्य चौकीलगायतका स्वास्थ्य सेवा संस्थाहरुमा निःशुल्क रुपमा उपलब्ध गराइएको औषधिहरुको वितरण कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन पनि स्थानीय सरकारलाई सचेत गराउनु भयो । त्यस अवसरमा उहाँले स्वास्थ्य विमा कार्यक्रममा देखिएको समस्या तत्काल समाधान गर्ने आश्वासन समेत दिनुभयो । मन्त्री गौतमले निःशुल्क रुपमा उपलब्ध गराइएको सो औषधि स्थानीय सरकारले उपलब्ध गराउने काममा ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,‘म स्थानीय सरकारका प्रतिनिधिहरुलाई पनि भन्न चाहन्छु–नेपाल सरकारले संविधानप्रदत्त जुन निःशुल्क स्वास्थ्यको अधिकार  छ । त्यो कानून बमोजिम पाउनेमा आधारभूत स्वास्थ्य सेवा प्याकेज बनाएर नेपाल सरकार इमप्लिमेन्ट गरेको छ । त्यो सबैले निःशुल्क पाउनुपर्छ । प्रत्येक स्वास्थ्य चौकी, प्राथमिक  स्वास्थ्य केन्द्र र आधारभुत अस्पतालको तहसम्म त्यो निःशुल्क छ । त्यो विमा भित्र पनि पर्दैन । त्यो हामीले प्रष्ट बुझौ । र यो काम हाम्रो स्थानीय सरकारको जिम्मेवारी हो । कुनैपनि विरामीले औषधि पाएन भनेर भन्नुपर्दैन । किनभने अहिले म मन्त्रालयमा आउँदा पनि मैले सुनिराखेको छु सिटामल पाईन, ९८ वटा निःशुल्क औषधि पाइएन । स्वास्थ्य चौकीमा त दुई वटा पनि छैन  भन्ने आईराखेको छ । स्थानीय सरकारले यो सबै उपलब्ध गराउनु पर्दछ ।’

मन्त्री गौतमले सरकारले स्थानीय सरकारले जनतामा गुनासो नआउने गरी आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि संघीय सरकारले ससर्त अनुदानको व्यवस्था गरेको पनि स्मरण गराउनु भयो ।