३० श्रावण २०८३, शनिबार
,
Latest
कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कम्युनिष्ट पार्टी नेपाली समाजको आमूल परिवर्तनको दिशामा लाग्छः राजेन्द्र पाण्डे



अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले आफूहरुको पार्टी नेपाली समाजको आमूल परिवर्तनको दिशामा लाग्ने बताउनुभएको छ ।

आईतवार निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक कागजातहरु पेश गर्न पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले १० वटा कम्युनिष्ट घटकहरु मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको उल्लेख गर्नुहुँदै जेन जीले उठाएका मागमा आफूहरुको पूर्ण समर्थन रहेको बताउनु भयो । उहाँले १९ गते दल दर्ताका लागि निवेदन दिएको र आवश्यक कागजातहरु अहिले पूर्ण रुपमा ल्याएर बुझाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली कम्युनिष्ट पार्टी भनेर बनाएका छौँ । १० वटा कम्युनिष्ट घटकहरु छौँ । पाँच वटा यसअघि नै निर्वाचन आयोगमा दर्ता भएर काम भइरहेको थियो । कार्तिक १९ गते नै दर्ता गरेका थियौँ । विगतमा दर्ता भएका माइन्युटदेखि सबै कुराहरु निर्वाचन आयोगलाई चाहिने विधान माइन्युट लगायत नयाँ पार्टीको घोषणा पत्र सबै व्यवस्थित रुपमा बुझाएका छौँ । सचिवज्युले सबै कागजात बुझ्नुभयो । हामीले सबै कागजातहरु पूरा गरेर दिएका छौँ । जेन जीले उठाएका मागलाई पूर्ण समर्थन हुन्छ । हाम्रो पार्टी भ्रष्टाचार र बेथितिका विरुद्धमा उभिँदै हामीले नेपाली समाजको आमूल परिवर्तनको दिशामा जान्छौँ ।’

कार्तिक १९ गते नेकपा (माओवादी केन्द्र)  र नेकपा (एकीकृत समाजवादी) सहितको वाम एकता भएको थियो ।