१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सांसद तथा पूर्वपदाधिकारीका सुविधा फिर्ता गर्न अर्थ मन्त्रालयबाट ताकेता भइरहेको छः महासचिव पाण्डेय

सांसद तथा पूर्वपदाधिकारीका सुविधा फिर्ता गर्न अर्थ मन्त्रालयबाट ताकेता भइरहेको छः महासचिव पाण्डेय
अ अ+ अ-

काठमाडौँ । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले अर्थमन्त्रालयले सांसदहरुको स्वकीय सचिव, पूर्वपदाधिकारीहरुको सुविधाहरु फिर्ता गर्न निरन्तर दबाब दिइरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आईतवार बसेको बैठकमा उहाँले यस्तो गुनासो गर्नुभएको हो । सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको स्वकीय सचिवहरू हटाइएकोले यसले असहज स्थिति सिर्जना गराएको बताउनु भयो । राष्ट्रिय सभाका उपाध्यक्ष र प्रतिनिधि सभाका उपसभामुखलाई समेत यसले असहज बनाएको उहाँको भनाई छ । उहाँकाअनुसार अर्थ मन्त्रालयले बारम्बार मौखिक रुपमा पूर्वपदाधिकारीहरूले पाएका सुविधा फिर्ता भए वा नभएको विवरण मागिरहेको छ ।

उहाँले हाल राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्ष नभएकोले ती दलले पाउने अतिरिक्त सुविद्या कटौती गर्न पनि दबाब आइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई परेको केही अफ्ठ्याराहरु स्वकिय सचिव हटाइएको छ, सबै माननीयहरुको । यसमा राष्ट्रिय सभाका उपाध्यक्ष पनि पर्नुभयो । अहिले प्रतिनिधि सभाको हकमा प्रतिनिधि सभाका सदस्य नभएको कारणले त्यो समस्या परेन तर प्रतिनिधि सभा उपसभामुख अहिले पनि हुनुहुन्छ, उहाँलाई पनि अफ्ठ्यारो पारेको अवस्था छ । खर्च कटौतीको सन्दर्भमा पूर्व पदाधिकारीहरुका सुविधाहरु फिर्ता गर्ने भन्ने खालको हामीलाई सर्कुलर भएको छ । त्यो कारणले पूर्वसभामुखहरुले लिनुभएको सुविधाहरु फिर्ता भएका छन् । हामीलाई तारन्तार अर्थ मन्त्रालयबाट कति सुविधाहरु फिर्ता भए कति भएनन् भनेर मौखिक सन्देशहरु आउने गरेको छ । आईरहेको छ । अहिले पनि उहाँहरुको तर्क के छ भने राष्ट्रिय सभामा पनि प्रतिपक्ष र सरकारपक्ष छैन, त्यसकारण त्यहाँका सुविद्याहरु तिमीहरुले फिर्ता गरेका छौँ कि छैनौँ भन्ने ताकेता पनि आईरहेको छ ।’ 

संसद सचिवालयले सुविधाहरु सकेसम्म प्रदान गर्नेमा सकरात्मक रहेको बताउनु भयो । यद्यपि कतिपय कानूनी वन्धनहरु र सरकारले गरेका निर्णयहरु स्वभाविक रुपमा पालना गर्नुपर्ने भएकोले केही अफ्ठ्यारा परिस्थितिहरु सिर्जना भएको उहाँको भनाई छ ।