४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बेमौसमी वर्षाः कोशी प्रदेशमा दुई अर्बभन्दा बढीको क्षति

बेमौसमी वर्षाः कोशी प्रदेशमा दुई अर्बभन्दा बढीको क्षति
अ+ अ-

विराटनगर । अविरल वर्षाबाट कोशी प्रदेशमा कूल रु दुई अर्ब पाँच करोड ४३ लाख ६७ हजार मूल्य बराबरको धानमा क्षति भएको कृषि विकास निर्देशनालय विराटनगले जनाएको छ । कोशी प्रदेशमा कात्तिकको पहिलो हप्तादेखि १७ गतेसम्म अविरल वर्षा भएको थियो ।

जसमा अविरल वर्षाकै कारण सुनसरीमा २०० हेक्टर जग्गामा लगाइएको दुई हजार मेट्रिक टन अर्थात् रु चार करोड बराबरको तरकारीमा क्षति पुगेको निर्देशालयका सूचना अधिकारी पूर्णमाया गुरुङले जानकारी दिनुभयो ।

सूचना अधिकारी गुरुङका अनुसार झापामा चार हजार ३६४ हेक्टर, मोरङमा तीन हजार ४२१ हेक्टर, सुनसरीमा दुई हजार ८५१ हेक्टर, उदयपुरमा ३२३ हेक्टर, इलाममा २६८ हेक्टर, पाँचथरमा १४४ हेक्टर, ताप्लेजुङमा १२० हेक्टर, धनकुटामा ११८ हेक्टर, तेह्रथुममा १५७ हेक्टर, भोजपुरमा २५० हेक्टर, खोटाङमा २०० हेक्टर, ओखलढुङ्गामा ७६ हेक्टर, सोलुखुम्बुमा १५ हेक्टर र सङ्खुवासभामा १२५ हेक्टर जग्गामा लगाइएको धानबालीमा वर्षाले क्षति पुगेको छ ।

कोशी प्रदेशमा कूल दुई लाख ६८ हजार ७६५ हेक्टर जग्गामा धानबाली लगाइएको थियो जसमा १२ हजार ४३२ हेक्टर धानबाली र २०० हेक्टर तरकारी बालीमा बेमौसमी वर्षाले क्षति पु¥याएको जनाइएको छ ।

जिल्लागत रुपमा मोरङमा रु ७८ करोड ११ लाख ५६ हजार, सुनसरीमा रु ४५ करोड ३१ लाख ७२ हजार, उदयपुरमा रु चार करोड, उदयपुरमा रु चार करोड ६२ लाख ५३ हजार, इलाममा रु तीन करोड २१ लाख ४१ हजार, पाँचथरमा रु एक करोड २२ लाख १७ हजार, ताप्लेजुङमा रु एक करोड २२ लाख ४३ हजार, धनकुटामा रु एक करोड ३९ लाख ४० हजार, तेह्रथुममा रु एक करोड ३३ लाख २० हजार, भोजपुरमा रु दुई करोड ६४ लाख ९२ हजार, खोटाङमा रु एक करोड ६१ लाख १० हजार, ओखलुढुङ्गामा रु ६८ लाख दुई हजार, सोलुखुम्बुमा रु १४ लाख ६६ हजार र सङ्खुवासभामा रु एक करोड ११ लाख ८७ हजार मूल्य बराबरको धानबालीमा नोक्सानी भएको हो ।