४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै
अ+ अ-

नेपालगञ्ज । यहाँको राप्तीसोनारी–४ स्थित चुरे पहाडमा रहेको ‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुनथालेको छ ।

नेपालगञ्ज बजारबाट करिब ३० किलोमिटर पूर्वदक्षिणमा रहेको सो मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । धार्मिक पर्यटनका रूपमा विकास हुनथालेको सो मन्दिरमा पदयात्रा गरेर मनोरम दृश्य दृश्यावलोकन गर्दै त्यहाँ पुग्न सकिने नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० बाँकेका पूर्वअध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो ।

उहाँले बाँकेको राप्तीसोनारी गाउँपालिकाको कुम्भरबाट करिब दुई घण्टाको पैदलयात्रा गरेर सो मन्दिरमा पुग्न सकिने उल्लेख गर्दै त्यस क्षेत्रको विकास लागि अझै लगानी बढाउन आवश्यक भएको बताउनुभयो ।

राप्तीसोनारी गाउँपालिकाका पूर्वअध्यक्ष लाहुराम चौधरीले ‘बर्फानी बाबा’को मन्दिर धार्मिक पर्यटनका लागि महत्त्वपूर्ण गन्तव्य भएकाले भौतिक पूर्वाधारको विकासमा अझै विकास आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा छ वर्षअघि रु ३० लाख लागतमा मन्दिर निर्माण गरेको जानकारी दिँदै बाटो निर्माणमा पनि रु २८ लाख खर्च गरिएको बताउनुभयो ।

खानेपानीको व्यवस्थापन थिएन, भक्तजन बस्ने कुनै प्रबन्ध थिएन तर अहिले सबैको व्यवस्थापन भएको पूर्वअध्यक्ष थारूको भनाइ छ । मन्दिर क्षेत्रमा अझै पनि शौचालय व्यवस्थापन हुनसकेको छैन । चौधरीले आवतजावत गर्न अझै कठिनाइ झेल्नुपरेको जानकारी दिँदै पर्याप्त भौतिक पूर्वाधारको विकास हुन नसकेको बताउनुभयो ।

‘बर्फानी बाबा’ मन्दिरका प्रमुख बाबा केशव गिरीले मन्दिरमा बर्सेनि आगो लाग्दा कुटीमा कठिनाइ झेल्नुपरेको बताउँदै मन्दिर क्षेत्रमा चारैतर्फ पर्खाल निर्माण आवश्यक भएको बताउनुभयो ।

भारतीय पत्रकार एसके मदेशियाले प्राकृतिक सौन्दर्यले आफूलाई लोभ्याएको उल्लेख गर्दै मन्दिर जानका लागि आवजातवत गर्नलाई सहज बनाउन आवश्यक रहेको बताउनुभयो । स्थानीय पत्रकार विमला चौधरीले विगतमा भन्दा ‘बर्फानी बाबा’ मन्दिरको स्वरुपमा परिवर्तन भएको बताउनुभयो ।

गुल्मेली सेवा समाज बाँकेका हरिलाल न्यौपानेले प्राकृतिक सौन्दर्यले पदयात्रा गरेर त्यहाँ जाँदा भिन्दै आनन्द प्राप्त गरेको बताउनुभयो । केही वर्षअघि मात्रै रु ७० लाख खर्च गरेर खानेपानीको व्यवस्थापन गरिएको सो मन्दिरमा प्रदेश सरकारले पनि बर्सेनि बजेट लगानी गरिरहेको छ । रासस