५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुम्बासी बस्तीमा दुर्गा प्रसाईं– महानगरको डोजर आउनुभन्दा पहिले बालेनको घर भत्काउन जानुस्



अ+ अ-

काठमाडौँ । । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का संयोजक दुर्गा प्रसाईंले सुकुम्बासी बस्ती भत्काउने काठमाडौं महानगरपालिकाका
मेयर बालेन शाहको प्रयास सफल हुन नदिने बताएका छन् ।

आइतबार मनोहराको सुकुम्बासी बस्तीमा कोणसभा गर्दै प्रसाईंले मेयर शाहविरुद्ध लड्न आफूले सहयोग गर्ने बताएका हुन् ।

उनले बालेनमाथि विभिन्न आरोप लगाउँदै सुकुम्बासीलाई लछारपछार गर्नेको घर परिवारलाई पनि त्यस्तै गर्ने कडा चेतावनी दिए ।

सुकुम्बासी बस्तीमा महानगरको डोजर आउनुभन्दा पहिले बालेनको घरमा पुगेर श्रीमती र परिवारलाई बाहिर निकाल्न उक्साउदै उनले भने, , ‘घर जलाउन र मान्छे निकाल्न उनीहरुले सिकाएका हुन् । तपाईंहरुकोमा भत्काउन आयो भने तपाईंहरु हुरुरु उसको घरतिर जानुस् । श्रीमतीलाई बाहिर निकाल्नुस् । उसको स्वास्नीलाई पनि लछारपछार गर्नुस् ।’

यस्तै, उनले बालेनसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन २ करोड खाएको आरोप समेत लगाए । बालेनले काठमाडौं सुन्दर बनाउने नाममा गरिब र सुकुमवासीलाई लेखेट्ने काम गरेको भन्दै उनले भने, तपाईं जमिन्दारको छोरो, इन्जिनियर पढ्नु भो, एसीमा बसेर दारु खानुहुन्छ तपाईं, स्टाटस लेख्नुहन्छ, फेरि डिलिट गर्नुहुन्छ । अहिले तपाईं केही गर्न नसकेर गरिबलाई लेखेट्ने काम मात्रै भो ।’

उनले सुकुम्बासीहरुलाइ पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिँदै मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा सहयोग गर्न सबैलाई आह्वान गरे। उनले भने,‘अब छाड्ने होइन, मंसिर ७ को तयारीमा लाग्नुस् । ’

बस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदै छ । अल्टिमेटम सकिएसँगै बस्ती खाली गराउने महानगरको तयारी छ ।