७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरले आज धोवीखोलाको अतिक्रमण हटाउने



फाइल फाेटाे
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज धोवीखोलाको अतिक्रमण हटाउने भएको छ । यसअघि ७ दिने सूचना प्रकाशित गरी महानगरपालिकाले अतिक्रमित संचना हटाउन निर्देशन दिएको थियो ।

महानगरपालिकाले दिएको सूचनाअनुसार नहटाइएका संरचनाहरु आज हटाउने तयारी भएको हो ।

महानगरपालिकाले यही कात्तिक १४ गते सार्वजनिक सूचना निकालेर अतिक्रमित संरचना नहटाए आफैंले हटाइ दिने बताएको थियो ।

यो सूचनाले सुकुम्बासीहरुमा भने हलचल मच्चिएको थियो ।

विशेष गरी धोविखोला, वागमती नदी किनारका बनेका अवैधानिक संरचना हटाउने भन्दै काठमाडौं महानगरपालिका र उपत्यका विकास प्राधिकरणले सात दिने सूचना जारी गरेका थिए ।

नदी किनारा आसपासमा अतिक्रमण गरेर बसेकाहरुलाई हटाउने हिसावले अवैध संरचना हटाउन सूचना जारी गरेपछि सुकुम्वासी समुदायले कडा आपत्ति जनाइसकेको छ ।