१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

उद्योग, व्यवसायमा देखिएका कानूनी अवरोधहरु हटाउने कामलाई प्राथमिकता दिइनेछः मन्त्री सिन्हा

उद्योग, व्यवसायमा देखिएका कानूनी अवरोधहरु हटाउने कामलाई प्राथमिकता दिइनेछः मन्त्री सिन्हा
अ अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले उद्योगहरुलाई अघि बढाउनका लागि आवश्यक कानूनी अवरोधहरु हटाउने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले वर्षांैदेखि अडकिएर बसेका उद्योगहरुको फाईल आफूले अघि बढाउनका लागि सम्बन्धित कर्मचारीहरुलाई निर्देशन दिएको उल्लेख गर्दै त्यसलाई सहज ढंगले अघि बढाउन अन्तर मन्त्रालयबीचको सहजीकरणमा पनि जोड दिने बताउनु भयो । मन्त्री सिन्हाले अर्थतन्त्रलाई अघि बढाउन सरकारले नियन्त्रणकारी भुमिका खेल्न नहुने कुरामा पनि आफू स्पष्ट रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘धेरै कुराहरु बुझने मौका पाईसकिएको छ । त्यसलाई अव प्राथमिकताका आधारमा कसरी अघि बढाउने ? यी कुराहरुलाई हामी इन्डिकेट गरेर त्यसमा कहाँनिर कानूनी अवरोधहरु आईरहेका छन ? कुन कुराले हाम्रो अर्थतन्त्रलाई चलायमान बनाई दिन्छ, त्यस्ता कुराहरुको प्राथमिकतालाई पहिचान गरेर अव अगाडि बढने भन्ने मेरो सोच रहेको छ । अन्तर मन्त्रालयबीच पनि सहजीकरण गरेर अघि बढनुपर्ने अवस्था छ । अहिले कतिपय उद्योगहरुले दिनु भएको प्रस्तावहरु कतिपय मन्त्रालयमा अडिएर बसेको र मैले वर्षौं अडिएर बसेको भन्ने पनि पत्ता लगाइएको छ । मैले आफ्नो मातहतका मन्त्रालयहरुमा पहिलो प्राथमिकता मैले सचिवहरुलाई अनुरोध गरेको छु भने आगामी पुस्तालाई हेरेर सम्पूर्ण कर्मचारीहरुले अव सरकारलाई राम्रोसँग चलाई दिन्छु भन्ने कुरालाई हृदयंगम गरेर तपाईहरुले अहिलेसम्म अडकिएर बसेका कामहरुलाई सबैभन्दा पहिले फस्र्यौट गरिदिनुस् । होइन भने हामी अगाडि बढ्न खोज्छौं । त्यसले पछाडि डोरी बस्ने बनेर बाँधेर राखिदिन्छ । हातखुट्टा बाधेर अर्थतन्त्र चलायमान हुन सक्दैन । हामीले अर्थतन्त्रलाई चलायमान बनाउन निर्णय प्रक्रियालाई अगाडि बढाउनु प¥यो । नियन्त्रित गर्ने कुराहरु छन भने त्यसलाई नियन्त्रण गर्दै जानु प¥यो ।’

मन्त्री सिन्हाले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सरकारले आवश्यक कदम चाल्ने पनि बताउनु भयो ।