४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पैयुँले धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिने

पैयुँले धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिने
अ+ अ-

पर्वत । जिल्लाको पैयुँ गाउँपालिकाले गत साता आएको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेका कृषकलाई रु ३० लाख राहतस्वरूप वितरण गर्ने भएको छ ।

पैयुँ गाउँपालिका(५ का वडाध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार यही कात्तिक ११ देखि १५ गतेसम्म आएको वर्षा र हावाहुरीले धानबालीमा क्षति पुर्‍याएपछि राहत उपलब्ध गराउन कृषकले गाउँपालिका र वडा कार्यालयमा अनुरोध गरेपछि क्षतिको मूल्याङ्कन गरी राहत उपलब्ध गराउने कार्यपालिकाको बैठकबाट निर्णय भएको छ ।

गाउँपालिका कार्यालयबाट कात्तिक १४ गतेदेखि धानबालीमा भएको क्षतिको विवरण सङ्कलन गर्न कर्मचारी खटाइएको उहाँले बताउनुभयो । उहाँले कर्मचारी र जनप्रतिनिधि सहभागी टोलीले पालिकाभरमा ७०० परिवारको एक हजार ५०० रोपनी खेतमा लगाइएको बालीमा क्षति पुगेको विवरण उपलब्ध गराएका जानकारी दिनुभयो । उहाँका अनुसार उक्त क्षेत्रफलमा लगाइएको करिब ४५० टन धानबाली नष्ट भएको अनुगमनकर्ताको विवरणमा उल्लेख छ ।

कार्यपालिकाको बैठकले राहत वितरण गर्दा न्यूनतम एक रोपनी क्षेत्रफलको धान क्षति भएका किसानलाई रु दुई हजार तथा एक रोपनीभन्दा बढी क्षति भएका किसानलाई त्यसपछिको प्रत्येक रोपनीका लागि रु एक हजार ५०० का दरले थप गरी राहत दिने निर्णय गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले राहत रकममा यति खर्च हुन्छ भन्ने यकीन भने नभएको बताउनुभयो । प्रत्येक परिवारको कूल क्षेत्रफलको प्रमाणित तथ्याङ्क निकालेपछि मात्रै खर्च रकमबारे टुङ्गो लाग्ने उहाँको भनाइ छ । पन्ध्र सय रोपनीलाई रु एक हजार ५०० का दरमा राहत वितरण गर्दा अनुमानित करिब रु २२ लाख गाउँपालिकाले कृषकलाई वितरण उहाँले जानकारी दिनुभयो ।

भित्र्याउने बेलाको बालीलाई वर्षाले प्रभावित पारेपछि पर्वतका कृषकहरू चिन्तामा छन् । काटेर सुकाइएको धान भिजाउने, निहिनमा धान झार्ने, पराल भिज्नेलगायत समस्या भएको छ । नकाटेर गरामा ठाडो अवस्थामा रहेका धानमा वर्षाले खासै क्षति नगरेको भए पनि गत सोमबारको हावाले बाली ढलाएर क्षति पुर्‍याएको पैयुँ गाउँपालिकाले जनाएको छ ।

जिल्लाको कुश्मा नगरपालिका, फलेबास नगरपालिका, विहादी, मोदी र महाशिला गाउँपालिकाले पनि क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिएका छन् ।