२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव, जनार्दन र घनश्यामले राजनीतिक सहकार्य गर्ने



अ+ अ-

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी परित्याग गरेका जनार्दन शर्मा र एकीकृत समाजवादी महासचिव घनश्याम भूसालले राजनीतिक सहकार्य गर्ने भएका छन् ।

शुक्रबार बिहान हरिसिद्धीस्थित विप्लव निवासमा तीन नेताबिच भएको भेटपछि मुलुकको राजनीतिक अन्योललाई सम्बोधन गर्ने गरी सहकार्य गर्न तयार भएका हुन्।

तीन नेता बीच पछिल्लो विकसित परिस्थिति र आगामी सहकार्यलाई कसरी बढाउन सकिन्छ भन्ने बारेमा छलफल भएको थियो । मुलुकको आवश्यकताअनुसार सहकार्यका लागि एकताबद्ध भएर जाने महासचिव भूसालले बताए । बैठकपछि बोल्दै उनले भने ,‘मुलुकको राजनीतिक अन्योललाई सम्बोधन गर्ने गरी हामी सहकार्यलाई विकसित गर्दै जानेछौं । हामी एकताबद्ध भएर जानेछौं ।’

आफुहरुबिच विगतमा पनि सहकार्य भएको भन्दै उनले अब थप मजबुद हुँदै जाने र पुराना कमिकमजोरीको समीक्षा गरिने उनले बताए ।




भर्खरै