४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘पितृ’ का नाममा दीप प्रज्वलन गर्दै नमोबुद्ध जात्रा सम्पन्न

‘पितृ’ का नाममा दीप प्रज्वलन गर्दै नमोबुद्ध जात्रा सम्पन्न
अ+ अ-

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित बौद्ध धर्मालम्बीहरूले ऐतिहासिकस्थल नमोबुद्धमा ‘पितृ’ का नाममा दीप प्रज्वलन गर्दै नमोबुद्ध जात्रा सम्पन्न गरेका छन् । मङ्गलबारदेखि सुरु भएको जात्रा आज बिहान ‘पितृ’ का नाममा दीप प्रज्वलन गर्दै सम्पन्न भएको हो ।

कात्तिक शुक्ल पूर्णिमाको अघिल्लो रातदेखि सुरु भएको जात्राअन्तर्गत मेला भर्न गएका तामाङ र नेवार समुदायका मानिसले आफ्नो पितृको सम्झानामा दुई दिन दुई रात दीप प्रज्वलन गरेका हुन् ।

काभ्रेपलाञ्चोकको ऐतिहासिक, पर्यटकीय, धार्मिक एवं रमणीयस्थान नमोबुद्धमा विशेषगरी कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्दै आएको नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङबज्र लामाले जानकारी दिनुभयो । “कात्तिक शुक्ल पूर्णिमा तिथिका दिन शान्तिका प्रतिक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिनका रूपमा मान्दै आइएको छ । किंवदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि नमोबुद्ध हो । उक्त स्थान ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामारकण भएको शिलालेखमा उल्लेख छन्”, उहाँले भन्नुभयो ।

द्वापरयुगका उनै राजकुमारको अस्थिपञ्जर गाडेर बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गरेमा पितृले मोक्ष प्राप्त गर्ने जनविश्वास रहिआएको गुठीका अध्यक्ष लामाले बताउनुभयो । यहाँ दीप प्रज्वलनका लागि बर्सेनि बौद्ध धर्मालम्बीको ठूलो भीड लाग्ने गरेको उहाँको भनाइ छ ।

मेलामा करिब एक हजारले नमोबुद्धको दर्शन तथा पूजाअर्चना गरेका मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जात्रा अवधिभर परम्परागत गीत तथा नृत्यु प्रस्तुत गरिएको थियो ।

नमोबुद्ध गुठीका अध्यक्ष लामाका अनुसार मेला अवधिभर ‘पितृ’को सम्झानामा दीप प्रज्वलन गर्नुका साथै सांस्कृतिक गीत तथा नृत्य प्रस्तु गरिएको छ । “यहाँ बर्सेनि पितृलाई बत्ती बाल्ने परम्परा रहँदै आएको छ, बत्ती बाल्नाले पितृलाई वर्षभरि उज्यालो हुने र मौक्ष प्राप्त हुने धार्मिक मान्यता छ”, उहाँले भन्नुभयो ।

मेलामा सिन्धुपाल्चोकसहित सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौँ, धादिङ, नुवाकोटलगायत जिल्लाबाट बौद्ध धर्मालम्बीहरूको सहभागिता थियो ।

नमोबुद्धका मूल लामागुरु कान्छा लामाका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत (जङ्गल)मा शिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गर्नुभएको थियो । सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा यहाँ ठूलो मेला लाग्ने गरेको हो ।

“पाँच डमरु जन्माएकी बघिनी लक्ष्मी र पाँच डमरु भिक्षु मानिएको हो”, लामागुरुले भन्नुभयो । उहाँका अनुसार राजकुमारले बघिनीलाई बचाएर आफूले देहत्याग गरेपछि राजारानी सोहीस्थान नजिकै बाँकी जीवन चैत्य सेवामा बिताउनुभएको थियो । तत्पश्चात् राजारानी शङ्खेश्वरी अजी–अजीमाको नामले चिनिँदै आउनुभएको जनविश्वास रहिआएको उहाँले जानकारी दिनुभयो ।

नमोबुद्धमा सधैँजसो स्वदेश तथा विदेशका बौद्धमार्गीहरूको चहलपहल हुने गरेको छ । नमोबुद्धबाट ऐतिहासिक पनौतीसहितका हरियाली बस्ती तथा पूर्व–उत्तरतर्फका हिमश्रृङ्खला र पहाडी मनमोहक दृष्यावलोकन गर्न सकिन्छ । हाल उक्त स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । रासस