काठमाडौं । विभिन्न १० दल र समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलहरूले मिलेर बनेको पार्टीले एकता घोषणा गरेको भोलिपल्ट बिहीबार आयोगमा दल दर्ताको निवेदन दिएको हो ।
नवगठित नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ । पार्टीको दल दर्ता निवेदन प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आगामी फागुन २१ मा हुने निर्वाचनमा भाग लिन दलहरुले कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ ।










