३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरी केबलकार शनिबारदेखि सञ्चालनमा आउने



अ+ अ-

काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति पुगेको चन्द्रागिरी हिल्सको केबलकार सेवा आगामी शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

गत असोज महिनामा जेनजी आन्दोलनका प्रदर्शनकारीहरूले केबलकार स्टेशन र अन्य संरचनामा तोडफोड गरेपछि सेवा स्थगित गरिएको थियो ।

मर्मत तथा परीक्षणका सबै प्रक्रिया पूरा भएपछि कम्पनीले शनिबारदेखि नियमित रूपमा सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।

चन्द्रागिरी हिल्स लिमिटेडका अनुसार, केबलकारका सबै लाइन, केबिन र सुरक्षा प्रणालीको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ ।

कम्पनीले यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै आवश्यक प्राविधिक निरीक्षण र मर्मतपश्चात सेवा पुनः सुरु गर्न लागेको जनाएको छ ।

केबलकार सञ्चालनमा आएपछि राजधानी र आसपासका पर्यटकले फेरि चन्द्रागिरी हिल्स पुगेर हिमाल दर्शन, मनोरञ्जन र अवलोकनको आनन्द लिन सक्नेछन् ।

चन्द्रागिरी हिल्स देशकै प्रमुख पर्यटनस्थलमध्ये एक हो, जहाँ दैनिक हजारौँ आन्तरिक र बाह्य पर्यटक पुग्ने गर्छन् ।