४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

शिक्षणसँगै व्यावसायिक केराखेती

शिक्षणसँगै व्यावसायिक केराखेती
अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका शिक्षक हुन् । तर उहाँको परिचय शिक्षकमा मात्रै सीमित छैन । उहाँ हाल व्यावसायिक कृषकको रुपमा पनि परिचित हुनुहुन्छ । विसं २०७५ देखि केराखेती गर्नुभएका घिमिरेले हाल साढे आठ बिघा जमिन भाडामा लिएर केराखेती गरिरहुनभएको छ ।

“वार्षिक रु पाँच लाख भाडा तिर्ने गरी जमिन लिएर केराखेती गरिरहेको छु,” घिमिरेले भन्नुभयो, “वार्षिक केराखेतीबाट रु १० लाख मुनाफा हुन्छ ।” उहाँले केराखेतीबाट भएको आम्दानीले प्रत्येक वर्ष क्षेत्र विस्तार गर्नाका साथै छोराछोरीको अध्ययन खर्च जुटाइरहेको बताउनुभयो ।

“केराको मूल्यमा उतारचढाव आउँदा कहिलेकाहीँ समस्या हुन्छ,” उहाँले भन्नुभयो, “कञ्चनपुर जिल्ला असारदेखि माघसम्म केरामा आत्मनिर्भर भइसकेको छ ।” उहाँले बाह्रै महिना केरा उत्पादन गर्न यहाँ सम्भव नभएको बताउनुभयो ।

केराखेतीबाट वार्षिक रु २० देखि ३० लाखसम्मको कारोबार हुने गरेको बताउँदै घिमिरेले केराखेतीमा आफूले १० जनालाई ज्यालादारीमा रोजगारी पनि दिएको जानकारी दिनुभयो । “बिरुवा, केरा गोडमेल गर्न चाहिने कृषि औजारहरु सिँचाइलगायतका विषयमा कृषि ज्ञान केन्द्रबाट हरेक बर्ष सहयोग मिलेकै छ,” गाउँमा रहेको अंशुबर्मा बिजवृद्धि कृषक समूहको अध्यक्षसमेत रहनुभएका घिमिरेले भन्नुभयो, “यहाँको बेलौरी र पुर्नबास क्षेत्रमा उत्पादन भएको केराका लागि बजारको समस्या छैन, धनगढी र अत्तरियामा खपत हुँदैछ ।”

उहाँले गाउँमा कृषि समूहको नेतृत्व गर्दै बीउबिजन उत्पादनमा समेत जोड दिनुभएको छ ।

त्यसैगरी, पुनर्बास नगरपालिका–६ का बिमल भण्डारी कृषि तालिमका सिलसिलामा २०७२ सालमा इजरायल पुग्नुभयो । साना किसान संस्थामार्फत ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेर एक वर्ष तालिम लिनुभएका भण्डारीले स्वदेश फर्किएपछि एक बिघाबाट केराखेती सुरु गर्नुभयो । “केराखेती गरेको सात वर्ष भयो, रोजगारीका लागि विदेशिने कि भन्ने सोच यो खेतीले आउन दिएको छैन,” भण्डारीले भन्नुभयो, “अहिले छ बिघा खेतीमा लगाएको केरा खेतीबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी भएकै छ ।”

कृषि पेसा अङ्गालेर जीविका चलाउँदै आउनुभएका भण्डारीले १२ बिघा खेत भाडामा लिएर खेती गरिरहनुभएको छ । भारतमा केराको उत्पादन बढ्दा त्यसको असर आफूहरुलाई पर्ने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “भारतीय केरा रोक लगाएर स्वदेशी उत्पादनलाई बढावा दिन आग्रह गरिए पनि सुनुवाइ भएन ।”

कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकृत धर्मबहादुर साउदले यहाँ प्रतिहेक्टर २० मेट्रिकटन केरा उत्पादन हुने जानकारी दिनुभयो । “एक पालिका एक उत्पादनअन्र्तगत भीमदत्त केरा खेतीका लागि छनोट भएको छ,” उहाँले भन्नुभयो, “त्यसका लागि रु ४० लाख रकम विनियोजन भएको छ ।” रासस