२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मष्टा समूहको सञ्चालकविरुद्ध मुद्दा दायर



अ+ अ-

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले मष्टा ग्रुपका सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर गरेको छ । विभागले जिल्ला अदालत काठमाडौँमा सो कम्पनीका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको हो ।

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।

अभियोगमा खरिदको कूल मूल्यसमेत गर्दा हुन आउने कूल रकम रु एक अर्ब ४५ करोड ५४ लाख तीन हजार ९४८ तथा अवैध तरिकाले आयात गरेको सुन ६० किलो ७१६ ग्रामको तत्कालीन मूल्य प्रतितोला रु एक लाख १२ हजार ५०० का दरले हुन आउने रु ५८ करोड ५६ लाख नौ हजार ५६८ बराबर रहेको छ ।

विभागले चलाउनेको नाममा हिमालयन बैंकमा रहेको खातामा रु तीन करोड ५२ लाख गरी कूल रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।