१२ असार २०८३, शुक्रबार
,
Latest
काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा १४ घण्टे नागरिक कर्फ्यु शुरू, भारतभर ३३२ जना काेराेना संक्रमित



अ+ अ-

नयाँदिल्ली

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे आह्वानमा आइतबार बिहान ७ बजेदेखि १४ घण्टे नागरिक कर्फ्यु शुरू भएकाे छ । याे कर्फ्यु साँझ ९ बजेसम्म रहनेछ । भारतमा पनि काेराेनाभाइरसकाे संक्रमण बिस्तारै फैलिन थालेपछि भारत सरकारले यस्ताे निर्णय गरेकाे हाे । भारतमा पछिल्लाे तथ्याँक अनुसार काेराेना संक्रमित ५ जनाकाे मृत्यु भएकाे छ भने अरू ३३२ जनामा संक्रमण देखिएकाे छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी भारतीय औषधि निर्माता कम्पनीका पदाधिकारसँग छलफल गर्दै । तस्वीरः एएनआइ

माेदीले गत साता राष्ट्रका नाममा सम्बाेधन गर्दै आइतबार दिनभर घरभित्रै बसेर सहयाेग गर्न आह्वान गर्नु भएकाे थियाे । काेराेनाकाे महामारी नियन्त्रण गर्न याे एक किसिमकाे परीक्षण पनि हुने उहाँले बताउनु भएकाे थियाे ।

विज्ञहरूले शुरूवाती दिनहरूमा भारतमा जस्तै अरू देशमा पनि काेराेना भाइरस बिस्तारै फैलिए पनि पछि व्यापक स्तरमा फैलिएकाे बताएका छन् । भारतका विभिन्न राज्यमा लकडाउनकाे अवस्था छ भने हवाइ उडानमा प्रतिबन्धहरू लगाइएका छन् । स्कुल कलेजहरू बन्द गरिएका छन्, र ठूलाे संख्यामा मानिसहरू भेला हुन निषेध गरिएकाे छ । धार्मिक सभा समाराेह बन्द गर्नुका साथै ठूलाे संख्यामा भक्तजन भेला हुने मन्दिर, मस्जिद बन्द गरिएका छन् ।

मानिसहरूकाे बढी भिडभाड हुने रेल र बस स्टेशनमा कडाइ गरिएकाे छ, तर मुख्य शहर बजारबाट गाउँतर्फ जान चाहने मानिसहरूकाे भिड रेल स्टेशनहरूमा देखिएकाे छ ।