२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से पुगेर लगानीकर्ताले भने– सेयर बजार बन्द गरियोस



अ+ अ-


काठमाडौं । सेयर मार्केटका लगानीकर्ताहरु नेपाल स्टक एक्सचेञ्जको कार्यालय नेप्से पुगेर सेयर बजार बन्द गराउन माग गरेका छन् ।
प्रधानमन्त्रीले निर्देशन दिदा समेत बजार बन्द नगरिएकोमा उनीहरुले सो माग गरेका हुन् । लगानीकर्ताहरु आइतबार बिहानै नेप्सेको कार्यालय पुगेर कोरोनाको महामारी फैलन सक्ने भन्दै यस्तो माग गरेका हुन् ।
सेयर बजारका लगानीकर्ताहरुको संगठन नेपाल इन्भेष्टर्स फोरम, नेपाल पुँजी बजार लगानीकर्ता संघ, सेयर लगानीकर्ता संघ, सेयर लगानीकर्ता दबाब समूह, तथा नेपाल पुँजी बजार संघले बजार बन्द गराउन आग्रह गरेको छ ।


कारोबार खुला भइरहे कोरोनाको उच्च जोखिम रहने उनीहरुको भनाई छ । लगानीकर्ताहरुले तत्कालै केही समयका लागि बजार बन्द गराउन आग्रह गरेका समाचारमा जनाइएको छ ।
लगानीकर्ताहरुको आग्रह पछि नेपाल धितोपत्र बोर्डले ब्रोकर कार्यालयमा स्क्रीन हेरेर गरिने कारोबार बन्द गराइसकेको छ । इन्भष्ेटर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले सेयर बजार अत्यावश्यकमा नपर्ने भएकाले प्रधानमन्त्रीले दिएको निर्देशन पालना गरेर बन्द गर्नुपर्छ भने ।
अनलाइन कारोबार गर्ने लगानीकर्ताहरुको संख्या थोरै रहेको भन्दै बजार खुला राख्नुको अर्थ नरहेको उनीहरुको भनाई छ । करिब २० लाख लगानीकर्तामा २० हजार पनि अनलाइन प्रयोगकर्ता नरहेको भन्दै बजार बन्द गराउनुको विकल्प नरहेको लगानीकर्ताहरुको माग छ ।
नेप्सेका कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बजार बन्द गराउने कि नगराउने भन्ने विषयमा छलफल भइरहेको जानकारी सो अवसरमा लगानीकर्ताहरुलाई दिएका थिए ।