२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले भारतबाट आउने हरेक नेपालीलाई निगरानी गर्ने



अ+ अ-

काठमाडौं । सरकारले भारतबाट आउने हरेक नागरिकको निगरानी गर्ने भएको छ । गृह मन्त्रालयले आइतबारदेखि नेपाल प्रवेश गर्ने हरेक व्यक्तिको निगरानी गर्ने निर्णय गरेको हो ।

नेपाल–भारत सीमा नाका बन्द भइ नसकेको अवस्थामा नेपाल प्रवेश गर्ने व्यक्तिको यात्रा निगरानी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित गृह मातहत सबै निकायलाई निर्देशन दिइएको छ । अब भारतसँगै अन्य मुलुकबाट आउने नागरिकमाथि पनि निगरानी हुनेछ ।

यसबारे सीमामा बस्ने सुरक्षा अधिकारीले सम्बन्धित जिल्ला वा स्थानीय तहलाई जानकारी गराउनुपर्ने भनिएको छ । जिल्ला र स्थानीय प्रशासनले पनि हरेक गाउँ, वडामा नयाँ मान्छे आएरनआएको विषयमा निगरानी गर्नुपर्ने निर्णय भएको अधिकारीले जनाए ।