२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक बोलाए : भारतसँगको सीमा सिल गरिने



अ+ अ-


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह मन्त्रिपरिषद बैठक बोलाएका छन् । मिर्गौला प्रत्यारोपण गरेर बालुवाटार फर्किएपछि उनले पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । आइतबार बोलाइएको सो बैठकमा कोरोना संक्रमणको सन्दर्भमा केही महत्वपूर्ण निर्णयहरु गर्नसक्ने अनुमान गरिएको स्रोतले जनाएको छ ।
यसअघि प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुभन्दा एक दिन अघि फागुन १८ गते मन्त्रिपरिषदको बैठक बसेको थियो । बालुवाटारमा मन्त्रिपरिषद बैठक गरेर उनी अस्पताल गएका थिए ।
सो बैठकले कोरोना संक्रमण नेपालमा आउन नदिने सबै तयारी गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो । हाल सोही समितिले सबै कार्ययोजना बनाएर काम गरिरहेको छ । यसबीचमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधनसमेत गरिसकेका छन् ।
सरकारले अत्वाश्यक बाहेकका सबै कामहरु दुई साताका लागि स्थगित गरेका बेला सो निर्णय कार्यन्वयनका सन्दर्भमा उच्चस्तरीय समितिले अलग अलग कार्यदलसमेत बनाइसकेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकमा हालसम्मको कामको समीक्षा हुने बताइएको छ । उक्त बैठकले भारतसँगको सीमा सिल गर्न सक्ने सम्भावना रहेको बताइएको छ । बिहारमा पनि एकजनाको मृत्यु भएपछि सो निर्णय गर्न सकिने स्रोतले बताएको छ ।