२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तामाको वस्तु पगाल्ने क्रममा विस्फोट, एक जनाको मृत्यु



अ+ अ-

धनगढी । कैलालीमा तामाको वस्तु विस्फोट भएको छ । जिल्लाको विकट क्षेत्र गोदावरी नगरपालिका–४, फुलबस्तीमा विष्पोट हुँदा ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ ।

कैलाली प्रहरीका अनुसार विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको थियो ।

यद्यपि, उक्त वस्तुमा विस्फोटक पदार्थ थियो वा थिएन भन्ने प्रहरी अधिकृत घटनास्थलमा पुगेपछि मात्रै थाहा हुने गिरीले अनलाइनखबरलाई बताए ।