२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामीले भाग लिन नपाए निर्वाचन हुँदैनः रेशमलाल चौधरी



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशललाल चौधरीले आफूले भाग लिन नपाए मुलुकमा निर्वाचन नहुने बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले लक्ष्मण थारु, धनिराम थारु, आफूले निर्वाचनमा भाग लिन नपाउने त्यस्तो चुनाव हुन नदिने चेतावनी दिनुभएको हो ।

संरक्षक चौधरीले आफूहरु थारु समुदायको विद्रोहको प्रतिनिधि भएकाले कसैले पनि निर्वाचनमा भाग लिन रोक्न नहुने जिकीर समेत गर्नुभयो । उहाँले कुनैपनि समुदायको विद्रोहलाई पन्छाएर निर्वाचन हुनै नसक्ने पनि बताउनु भयो ।

संरक्षक चौधरीले भन्नुभयो, ‘अहिले चुनाव लड्न दिन्न भन्छन् । पुरुषोत्तम यादवजीले भन्नुभयो । नेता हुन्न दिन्न भन्छन् । देश परिवर्तन गर्ने हामी । संविधानमा अधिकार ल्याउनुपर्छ भनेर लडने हामी । कलम चलाउनेले फैसला गरिदिने ? अनि त्यो फैसलालाई हामीले मानिदिनुपर्ने ? रेशम थारु, लक्ष्मण थारु, धनिराम थारुले यो चुनावमा भाग लिन पाएन भने म यस मञ्चबाट भन्छु–फेरि यो देशमा चुनाव हुँदैन । के को चुनाव हुन्छ ? सिंगो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ ?’

संरक्षक चौधरीले जेन–जी आन्दोलन आम नागरिकको विद्रोह भएको दावी समेत गर्नुभयो ।