१२ असार २०८३, शुक्रबार
,
Latest
लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी कार्यालयका सबै नियमित सेवा बन्द



अ+ अ-

काठमाडौं । देशभरिका सरकारी कार्यालयमा नियमित सेवा बन्द भएका छन् । कार्यालयले अत्यावश्यक बाहेकका नियमित सेवा आजबाट चैत्त २१ गतेसम्मका लागि सेवा बन्द गरेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी जीवलाल भूषालले प्रधानमन्त्रीको सम्बोधन बमोजिम नै कार्यालयले दिने सेवाहरु स्थगित गरिए पनि कार्यालय सञ्चालनमा रहने र कर्मचारी समेत नियमित आउनुपर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी अत्यावश्यक बाहेकको सेवाहरु तात्कालका लागि बन्द गरिएको जनाएको छ ।

जिल्ला प्रशासन, मालपोत, यातायात व्यवस्थासहितका कार्यालयहरुमा दैनिक रुपमा सयौं सेवाग्राही सेवा लिन उपस्थित हुँदै आएका छन् । सेवाग्राहीको भिडले कोभिड–१९ को संक्रमण फैल्ने सम्भावना उच्च रहँदा भिडभाड नहुने गरी नियमित कामकाज स्थगित गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी भूषालले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गर्नुभएको सम्बोधनमा सबै सरकारी कर्मचारीहरु र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरुले यथावत् रुपमै आ आफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्न आग्रह गर्नुभएको थियो ।