९ श्रावण २०८३, शनिबार
,
Latest
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन मन्त्री रावल र चिनियाँ राजदूतबीच भेटवार्ता दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व संकलन आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनि प्रमाणपत्र बितरण यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनास्लु क्षेत्रमा पर्यटक घाइते, दुई दिनदेखि उद्धारको पर्खाइमा



हिमपात
अ+ अ-

गोरखा । मनास्लु क्षेत्रमा ढुङ्गाले लागेर एक पर्यटक घाइते भएका छन् । घाइते भएका पर्यटक दुई दिनदेखि उद्धारको पर्खाइमा छन् ।

चुमनुब्री गाउँपालिका–१ सामागाउँबाट फर्कँदा ढुङ्गाले टाउकोमा लागेर काठमाडौँको टोखा–६ का ४४ वर्षीय मिनुइन्द्र लम्साल घाइते भएका थिए । प्रतिकूलमौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“टाउकोमा गम्भीर चोट छ, झन जोखिम हुनसक्ने भएकाले बोकेर ल्याउन सकिएको छैन”, उहाँले भन्नुभयो । प्राथमिक उपचार गरिरहेका स्वास्थ्यकर्मी छिरिङ खाम्डो लामाका अनुसार लम्साल उद्धारको पर्खाइमा छन् । बिहीबार सामागाउँबाट फर्कने क्रममा चुमनुब्री–४ बुरनजिकैको भीरबाट खसेको ढुङ्गाले टाउकोमा लागेर लम्साल घाइते भएका थिए ।