२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिसँग प्रधानमन्त्रीले किन गरे २ घण्टा भेट?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई कोरोना संक्रमणको महामारी रोक्न सरकारले गरिरहेका पहलबारे जानकारी गराएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आज भएको दुई घण्टा लामो भेटबार्तामा प्रधानमन्त्री ओलीले मुलुकको पछिल्लो अवस्थाबारे सबिस्तार जानकारी गरेका हुन् ।

मिर्गौला पुनः प्रत्यारोपण गरेर फर्किएपछि राष्ट्रपतिसँग प्रधानमन्त्रीको पहिलो भेट हो । यसअघि राष्ट्रपतिसँग नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले पनि भेट गरेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले राष्ट्रप्रमुखलाई देशको समसामयिक अवस्थाबारे जानकारी गराउने नियमित प्रक्रिया अनुसार नै मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको भेटघाट भएको जानकारी दिए ।