२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालीको परिस्थितिमा सुधार देखिएन, काेराेनाबाट आइतबार पनि ६५१ जनाको मृत्यु



अ+ अ-

काठमाडौं

युरोपमा प्राणघातक कोरोना भाइरसको सर्वाधिक प्रभाव परेको इटालीमा मृतकको संख्या लगातार बढ्दै गएकाे छ । शनिबार एकै दिन ७९३ जनाको ज्यान गएको इटालीमा आइतबार पनि ६५१ जनाकाे मृत्यु भएकाे छ । मृतकमध्ये अधिकाँश बुढ्यौली उमेरका र मधुमेह, मुटुराेग, श्वासप्रश्वास, क्यान्सर जस्ता अरू दिर्घ राेगबाट पीडित मानिसहरू रहेका छन् ।


इटालीको सेनाले शवहरू उठाएर शवदाह गृहसम्म लैंजादै गरेको दृश्य । तस्वीरः इपिए

कोरोनाभाइरसको तथ्याँक सार्वजनिक गरिरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार, इटालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ४७६ पुगेको छ । दाेस्राे स्थानमा रहेकाे चीनमा हालसम्म ३ हजार २६१ जनाको ज्यान गएको छ ।

इटालीमा मृत्युदरसँगै संक्रमण दर पनि बढेको छ । बितेको २४ घण्टामा मात्रै यहाँका ५ हजार ५६० मानिसमा कोरोनाको लक्षण भेटिएको छ । योसँगै कुल संक्रमितको संख्या ५९ हजार १३८ छ । यीमध्ये अझै ३ हजारको अवस्था गम्भीर रहेको छ ।

इटालीको उत्तरी लोम्बार्डी क्षेत्रमा बढी प्रभाव देखिएको कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको अन्तिम संस्कार गर्ने ठाउँको समेत अभाव हुन थालेको भन्दै यहाँ चिन्ता व्यक्त गरिएको खबर छ ।

युरोपका अन्य कतिपय देशको अवस्था पनि नाजूक बन्दै गएको छ । स्पेनमा १७५६, जर्मनीमा ९२, फ्रान्समा ५६२, बेलायतमा २८१, नेदरल्यान्ड्समा १७९, बेल्जीयममा ७५, स्वीडेनमा २१ जनाको मृत्यु भएको छ । यी मुलुकमा लकडाउन गरिए पनि मृतकको संख्या र संक्रमितको संख्या निरन्तर बढेको छ । स्पेनमा आइतबार एकै दिन ३७५ जनाको ज्यान गएको छ ।

संक्रमितको संख्याका दृष्टिले चीन र इटालीपछि अमेरिका पुगेको छ । यहाँ आइतबारसम्ममा करिब ३२ हजार ८००० व्यक्ति संक्रमित भएका छन् । अमेरिकाका कैयौं राज्यमा लकडाउन गरिए पनि अाइतबार एकै दिन ८ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

एसियाली मुलुकहरू इरानमा १ हजार ६८५ जनाकाे मृत्यु भइसकेकाे छ । दक्षिण काेरियामा १०६, इन्डाेनेसियामा ४८, जापानमा ३६, फिलिपिन्समा २५, इराकमा २०, मलेसियामा १०, भारतमा ७ र सिंगापुरमा २ जनाकाे ज्यान गएकाे छ ।