३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय समिति बैठकः बहुसंख्यक सदस्य नियमित महाधिवेशनको पक्षमा



फाइल फोटो
अ+ अ-

काठमाडौं।नेपाली काँग्रेसका अधिकांश केन्द्रीय सदस्यहरुले नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।

पार्टीभित्र नियमित महाधिवेशन वा विषेश महाधिवेशनका लागि रस्साकस्सी चलिरहेका बेला पार्टी केन्द्रिय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्ने सदस्यहरुले नियमित महाधिवेशनमा जानु नै उपयुक्त हुने धारणा राखेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले केन्द्रिय सदस्यहरूले देशको राजनीतिक संकट, आगामी निर्वाचनको सुरक्षा अवस्था र पार्टी महाधिवेशनका विषयमा धारणा राखेको बताउनु भयो । उहाँका अनुसार केन्द्रीय सदस्यहरुले अगामी २१ फागुनमा तोकिएको निर्वाचनका लागि सरकारले सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । गाउँमा शान्ती सुव्यवस्था कायम हुन नसकेको अवस्थामा निष्पक्ष, भयरहित र शान्तीपूर्ण ढंगले निर्वाचन हुनेमा आंशका रहेको उहाँको भनाइ छ । यद्यपी सरकारले निर्वाचनका लागि उचित वातावरण बनाएर चुनावका लागि सरकारलाई सघाउने धारणा समेत सदस्यहरुले राखेको प्रवक्ता महतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिरहनुभएको छ । देशमा एउटा संकटको परिस्थिति छ । यो परिस्थितिभन्दा माथि कसरी उठ्ने भन्ने विषयमा चासो र चिन्ता प्रकट गरिरहनुभएको छ । त्यस्तै सरकारले प्रश्ताव गरेको निर्वाचनका सम्बन्धमा अझै पनि गाउँ गाउँमा सुरक्षाको प्रत्याभूति नभएको कारणले शान्तीपूर्ण र भयरहित ढंगले निर्वाचन गर्न सकिन्छ कि सकिदैन भन्ने विषयमा पनि साथिहरुले धारणा राख्नुभएको छ । निर्वाचनका लागि शान्ती सुरक्षाको प्रत्याभूत गर्ने कुरामा सरकारले विशेष ध्यान दिनुपर्छ भन्ने कुरा साथिहरुले राख्नुभएको छ । बैठकमा संसद पुर्नस्थापनाका कुराहरु पनि उठेका छन् । त्यसको सम्भावनाको बारेमा पनि साथिहरुले बोल्नुभएको छ । समग्रमा निर्वाचनको परिस्थिति बन्यो निर्वाचनमा जानुपर्छ भन्ने कुरा नै आएको छ । सँगसँगै पार्टीमा जुन महाधिवेशनको कुरा उठेको छ यसमा अधिकांश साथिहरुले नियमित महाधिवेशनमा जानुपर्ने र त्यसको लागि राष्ट्रिय निर्वाचनलाई अहिले प्राथमिकता दिनुपर्छ भन्ने कुरा गर्नुभएको छ । केही साथिहरुले चुनाव अगावै अधिवेशन गर्ने कुरा पनि गर्नुभएको छ । यीनै कुराहरु भएका छन् ।’

उहाँले बैठकमा संसद पुनःस्थापनाको विषय समेत उठान भएको बताउनु भयो । केही केन्द्रीय सदस्यहरुले संसद पुर्नस्थापनाको सम्भावनाबारे समेत धारणा राखेको उहाँको भनाइ छ । न्युज एजेन्सी नेपाल