२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसोलेसनमा भर्ना भएका ५ जनामा देखिएन कोरना



अ+ अ-

बुटवल । कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएकामध्ये पाँच जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । भाइरस संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखिएपछि उनिहरुलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएका ९ जनालाई फागुन २९ गतेदेखि चैत ९ गतेसम्म आइसोलेसन वार्डमा भर्ना गरेर उपचार गरिएको थियो । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उनीहरुको स्वाब परीक्षण गर्दा पाचँ जनाको ‘नेगेटिभ’ रिपोर्ट आएको हो । बाँकी चार जनाको रिपोर्ट आउन बाँकी रहेको महतोले बताए ।

कोभिड १९ को संक्रमण नभएको पुष्टि भएका पाँचैजना डिस्चार्ज भएर घर फर्किसकेको उनले जानकारी दिए ।